काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एकता प्रक्रिया टुङ्गो लगाएको छ । नेकपाका अध्यक्षद्वय प्रधामन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार बालुवाटारमा भएको छलफल अनुसार एकता प्रक्रियाका सम्पूर्ण बाँकी कामहरु टुगों लगाइएको पार्टी स्रोतले जनाएको छ ।
पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले दुईजना अध्यक्षबीच आज टुग्यांउने गरि छलफल भएको तर के के कुरा टुगों लाग्यो त्यो विषयमा बुझ्न बाँकी रहेको बताउनुभयो । उहाँले साउन ५ गते बस्ने सचिवालयको बैठकमा एकता प्रक्रियाको विषयमा छलफल हुने बताउनुभयो ।
अध्यक्षद्वय ओली र प्रचण्ड केही दिनदेखि एकता प्रक्रिया टुगों लगाउने गृह कार्यमा लाग्नुभएको थियो । जिल्लाको इन्चार्ज तथा सहइन्चार्ज तोक्ने, पोलिटब्युरो गठन गर्ने तथा केन्द्रीय कार्यसमितिको कार्यविभाजनको टुगों लगाउने जिम्मेवारी उहाँ दुवैजनाले पाउनु भएको थियो । सोही अनुसार उहाँहरू विगत एक महिनादेखि गृहकार्यमा लाग्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०१ साउन २०७६, ०६ : ४६
लेखकबाट थप