उपकुलपतिले घुस लिए, भतिजाले राखे

पत्रपत्रिकाबाट

शनिबार, २८ असार २०७६, ०७ : ४८
उपकुलपतिले घुस लिए, भतिजाले राखे

काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियारले बिहीबार घुसबापत आठ लाख रुपैयाँ आफैले बुझेका थिए ।
उनले पैसा बुझेपछि भतिजा डा. रामहरि रौनियारलाई बोलाए । मेडिकल अफिसरको रुपमा कार्यरत डा. रामहरि पैसा लिएर निवासतर्फ गए ।

उनी करिब साढे चारबजेतिर पैसा निवासमा राखेर पुनः बुलेट बाइक चढेर उपकुलपति कार्यालय प्रवेश गरेका थिए । लगत्तै अख्तियारको टोलीले छापा मारेको थियो ।

अख्तियार टोलीले पक्राउ गरेर लगेपछि डा. रामहरिको बुलेट बाइक शुक्रबार पनि उपकुलपति कार्यालयअघि बेवारिसे अवस्थामा छ ।

काका उपकुलपति भएपछि प्रतिष्ठानमा उनको अनावश्यक सक्रियता र हस्तक्षेप बढेको भन्दै चर्चा र असन्तुष्टि व्याप्त थियो । प्रतिष्ठानमा थुप्रै भौतिक संरचनाहरु निर्माणाधिन छन् । प्रतिष्ठानको भवन निर्माण तथा मेसिन खरिदका बेला करोडौँ घोटाला हुने गरेको छ । यो खबर आजकोनागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस