वैदेशिक रोजगारीमा सीपमूलक तालिम अनिवार्य गरिँदै

पत्रपत्रिकाबाट

शनिबार, २८ असार २०७६, ०७ : २३
वैदेशिक रोजगारीमा सीपमूलक तालिम अनिवार्य गरिँदै

काठमाडौँ । वैदेशिक रोजगारीमा जान कामदारले अनिवार्य रुपमा सीपमूलक तालिम लिनुपर्ने भएको छ ।

वैदेशिक रोजगारीलाई प्रतिफलमुखी बनाउन सरकारले अनिवार्य तालिम लिनुपर्ने व्यवस्था गर्न लागेको हो ।

वैदेशिक रोजगारीमा जाने कामदारमध्ये झण्डै ७५ प्रतिशत अदक्ष छन् ।

कामदारको संख्या उच्च भएपनि उनीहरुको पारिश्रमिक न्यून हुँदा रेमिट्यान्समा समेत कमी आउँछ ।

औसतमा एक कामदारले ३० हजार रेमिट्यान्स पठाउने गरेको देखाएको छ ।

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका दक्षता बृद्धि गरेर पठाउने तयारी गरेको हो ।

सीप सिकेर जाँदा उनीहरुको औसत कमाइ दोब्बर हुन्छ । - अन्नपूर्ण पोष्ट दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस