मुख्यसचिवसँग प्रधानमन्त्री रुष्ट

पत्रपत्रिकाबाट

शनिबार, २८ असार २०७६, ०७ : १७
मुख्यसचिवसँग प्रधानमन्त्री रुष्ट

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीको क्रियाकलापप्रति असन्तुष्टि प्रकट गरेका छन् ।

पछिल्लो समयमा सचिवहरुका कारण सरकार विवादमा परेपछि प्रधानमन्त्री ओली मुख्यसचिवसँग रुष्ट बनेका हुन् ।

तरकारी विषादीमा भारतीय दूतावासको पत्रमा आफूलाई गुमराहमा पारेको भन्दै सार्वजनिक रुपमा माफी मागेका प्रधानमन्त्री ओलीले सचिवलगायत प्रशासनिक काममा कडाइ गर्न मुख्य सचिवलाई निर्देशनसमेत दिएका छन् ।

‘प्रशासकले समन्वय, निर्देशन र कार्यान्वयन गराउने कुरामा गम्भीरतापूर्वक ध्यान पुर्याउनुपर्छ,’ उनले मुख्यसचिवप्रति इंगित गर्दै भने ।

पछिल्लो समयमा मन्त्री र सचिवबीच परस्पर बाझिने कुरा बाहिर आएकोमा प्रम ओलीले चासो राखेका छन् ।

यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस