दीपिकाको वाचा

बुधबार, २५ असार २०७६, २१ : ३०
दीपिकाको वाचा

काठमाडौँ । अभिनेत्री दीपिका पादुकोण फिल्म क्षेत्रमा आउनुअघि ब्याड्मिन्टन खेलाडी थिइन्। उनी खेल क्षेत्रमै करिअर बनाउन चाहन्थिन्। विज्ञापन गुरु प्रसाद बेडप्पासँग उनको चिनजान थियो। १२ कक्षामा पढ्दाताका बेडप्पाले दीपिकाको एउटा फोटो सुट गरिदिए। त्यसबारे भारतीय मिडियासँग कुराकानी गर्दै उनले भनेकी थिइन्, ‘फोटो सुटको रिजल्ट राम्रो आयो। फोटो सुटपछि मैले केही विज्ञापनमा काम गर्ने मौका पाएँ।’

सोखका लागि अभिनय गर्न थालेकी दीपिकालाई यही काममा रस बस्न थाल्यो। खेल क्षेत्रमा करिअर बनाउने सपना त्यागेर उनी अभिनयमा रम्न थालिन्। ‘बुबासामु आफ्नो इच्छा प्रकट गर्दा उहाँले ‘हुँदैन’ भन्नुभयो,’ दीपिकाले भनिन्, ‘बुबाले ‘तिमी ब्याड्मिन्टन राम्रो खेल्छौ, यसमै करिअर बनाऊ, पछि तिम्रो बहिनीले पनि खेलमै करिअर बनाउनेछिन्’ भन्नुभयो।’ बुबाले प्रस्ताव अस्वीकार गरेपछि दीपिकाले आमासँग कुरा गरिन्।

‘‘यदि अभिनयमा सफल हुन सकिनँ भने फर्केर खेलकुदमा आउँछु’ आमालाई भनेँ,’ उनले भनिन्। आमाले ‘छोरीलाई अभिनयमा जान दिन’ बुबालाई ‘कन्भिन्स्ड’ गरिन्। बुबा मानेपछि दीपिका एक्लै मुम्बई गइन्। विभिन्न प्रोडक्सन हाउसमा बेडप्पाले गरेको फोटो सुटको पोर्टफोलियो हालिन्।

सन् २००५ मा उनले गायक हिमेश रेसमियाको म्युजिक भिडियो ‘नाम है तेरा’ मा काम गर्ने अवसर पाइन्। सन् २००६ मा कन्नड फिल्म ‘ऐश्वर्या’मा काम गरिन्। यसै क्रममा उनको भेट फराह खानसँग भयो। सन् २००७ मा दीपिकाले अभिनेता शाहरुख खानसँग फिल्म ‘ओम शान्ति ओम’मा काम गर्ने मौका पाइन्।

त्यसयता उनले ‘ये जवानी है दीवानी’, ‘बाजीराव मस्तानी’, ‘गोलियों की रासलीला–राम–लीला’, ‘पद्मावत’ लगायत थुप्रै सुपरहिट फिल्ममा काम गरेकी छिन्। सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस