अरुको जोडी देख्दा डाह लाग्छ

मंगलबार, २४ असार २०७६, २१ : १०
अरुको जोडी देख्दा डाह लाग्छ

काठमाडौँ ।  म्युजिक भिडियो हुँदै फिल्म क्षेत्रमा आएकी अभिनेत्री हुन् अप्सना थापा। उनी अभिनित फिल्म  ‘रुमालै छ चिनो’ प्रदर्शनमा आएको थियो। 

सुरुमा मलाई नाइट क्लब के हो, गजलबार के हो, केही थाहा थिएन। गाउँको मान्छे काठमाडौं आएपछि के नै थाहा हुन्छ र सुरुसुरुको समयमा। जब म मोडलिङ र फिल्म क्षेत्रमा आएँ तब साथीहरुले नाइट क्लब जान उक्साउन थाले। बिस्तारैबिस्तारै साथीहरुको लहै लहैमा लागेर नाइट क्लब जान थालेकी हुँ। म पहिलोपटक गएको आइ क्लबमा हो। पछि अरुमा पनि गएँ  ठमेलमा रहेको फायर क्लबमा पनि गएकी छु। दरबारमार्गमा रहेका क्लबमा गएको सायद कमै होला। सुरुमा नाइट क्लब जाँदा छोटो लुगा लगाई नाचेको देख्दा लाज लागेको थियो।

दोहोरीसाँझमा खासै जाँदिन भन्दा पनि  कहिलेकाहीँ कसैले बर्डे मनाउने भयो भने या दोहोरी गीतमा डान्स गरे आइयो अनि साथीहरुले आज फलानाको दोहोरीसाँझमा जानुपर्छ है भन्दा गेष्टको रुपमा भने जान्छु। शुक्रबार भन्दा अरु बारमा रमाइलो लाग्छ।

नाइट क्लबमा सुरुवातको समयमा त मलाई एकदम डर लाग्यो। बाहिर बाउन्सरहरु उभिएका हुन्थे। भित्रको माहोल निकै अर्कै टाइपको लाग्यो। सबैजना पिएर मस्त हुँदा रहेछन्। रमाइलोका लागि जाउँ न त भन्न थालियो। पैसा कमाउन थालेपछि मनमा  के गराैँ के गरौँ हुने रहेछ।

अलिक बढी बिल उठ्यो भने साथीभाइ मिलेर तिर्छौँ नत्र मैले नै बिल पेमेन्ट बुझाउने गरेकी छु। अहिले ती सबै खर्च जोड्ने हो भने त काठमाडौंमा एउटा सानोसानो घर आउँथ्यो होला जस्तो लाग्छ। 

कलाकारितामा लागेपछि साथीहरु पनि उस्तै खालका भए र नाइट क्लब जाने र रमाउने गर्न थालेँ। म एक्लै भएको भए त जाने थिइन होला।

जोडी देख्दा डाह हुन्थ्यो
नाइट क्लबमा अरुका त जोडी जोडी गएका हुन्छन्। हामी केटी केटी मिलेर जान्थ्यौं। अरुको जोडी देख्दा मलाई भने पूरा डाह लागेर आउँथ्यो। आफ्नो पनि वोइफ्रेण्ड भइदिएको भए कस्तो रमाइलो हुन्थ्यो होला जस्तो लाग्थ्यो। मेरो ब्वाइफ्रेन्ड नभएको त होइन त्यो बेलामा ब्रेकअप भयो। 

क्लबमा प्रायः जोडीहरु नाच्ने गर्छन्। हामी भने केटीको ग्रुप बनाएर गएका हुन्छांै। केटी केटी डान्स गर्ने हो। पिउने हो र मज्जा लिएर राति २,३ बजे घर फर्कने गर्छौँ। नाइट क्लब नशा जस्तै भइसकेको छ। एकपटक हिँडेपछि फेरि पनि जाऊँ जाऊँ लाग्छ। म अहिले नाइट क्लब अलि कम जान थालेकी छु।

साथीहरुलाई सह्माल्न रमाइलो
नाइट क्लब गएपछि पानी पिउने कुरा भएन। अल्कोहल वाइन लिनु परिहाल्यो। मैले पिउन थालेको नाइट क्लबमा जान थालेदेखि नै हो। पिउन थालेपछि साथीहरुले कहिलेकाहीँ अलिक बढी नै पिउने गर्थे। पिएपछि कोही बमिट गर्ने कोही के गर्ने ताल तालमा हुन्थे। कति पटक त मैले उनीहरुको बमिट समेत सोहोरेकी छु। त्यो भने मेरै घर लाजिम्पाटमा पु-याए पछिको कुरा हो। के–के गरिन्थ्यो गरिन्थ्यो अहिले त्यो घटना सम्झिँदा मज्जा आउँछ।

साथीहरु सह्मालिन नसकेर कहिले पिउँदापिउँदै झगडा पनि परेको छ। हामी डान्स गरिरहेको बेला अरु केटा आएर डान्स गर्थे। नाच्दानाच्दै हामीसँग नाच्ने अलिक फरक व्यवहार देखाउने गरेको बेला भने रिस उठ्थ्यो।

खर्च कति गरियो गरियो
मलाई रमाइलो गर्न गएपछि कति खर्च हुन्छ भन्ने नै ठेगान हुँदैन थियो। मैले एकपटक २८ हजारको बिल तिरेकी छु। अलिक बढी बिल उठ्यो भने साथीभाइ मिलेर तिर्छौँ नत्र मैले नै बिल पेमेन्ट बुझाउने गरेकी छु। अहिले ती सबै खर्च जोड्ने हो भने त काठमाडौंमा एउटा सानोसानो घर आउँथ्यो होला जस्तो लाग्छ। 

अहिले म सम्झिन्छु कि त्यो बेला मैले खर्च गरेको पैसा राम्रो फिल्ममा लगानी गरेकी भए या केही गरेकी भए कति प्रगति हुन्थ्यो होला जस्तो लाग्छ। कमाउन त कमाइ हालिन्छ नि भन्ने हेतुले खर्च गरिन्थ्यो। अहिले भने अलिक कन्ट्रोल गर्न थालेकी  छु।

म डान्सबार गएकी छैनभन्दा एकपटक भैरहवाको कार्यक्रममा गेष्टका लागि बोलाइएको थियो त्यहाँ गएकी थिएँ। त्यहाँका लाहुरे दाइ भन्नेले डान्सबार जाऊँ न त आज भन्नुभयो। राति त्यस्तै १२ बजेको थियो होला। हुन्छ भनेर हामी एउटा टिम नै गएका थियौ। त्यहाँ जाँदा त डान्सबार बन्द भई सबै घर जाने तरखर गर्दै रहेछन्। काठमाडौंमा त मैले पाइला नै टेकेकी छैन। शुक्रबार बाट 

प्रतिक्रिया दिनुहोस