शाहिद कपूरले स्वीकारे– हानिकारक छ कबीर सिंह पात्र, यथार्थबाट कोसौं टाढा

एजेन्सी

मंगलबार, २४ असार २०७६, २० : २८
शाहिद कपूरले स्वीकारे– हानिकारक छ कबीर सिंह पात्र, यथार्थबाट कोसौं टाढा

एजेन्सी । शाहिद कपूरको फिल्म ‘कबीर सिंह’ प्रदर्शन भएदेखि विवादमा पर्यो । फिल्मसम्बन्धी भएको मुख्य विवाद शाहिद कपुरले निभाएको मुख्य पात्र कबीर सिंहबारेमा नै रह्यो । सिंहमा ‘टक्सीक म्यास्कुलिनी (विशाक्त पुरुषत्व)’ को गुण रहेको र फिल्मले त्यसलाई राम्रो गुण जसरी देखाएको भन्दै धेरै पक्षबाट आलोचना भयो । 

हालै एक कुराकानीमा फिल्मका अभिनेता शाहिद कपूरले पनि कबीर सिंहजस्तो पात्र समाजको लागि हानिकारक हुने र ऊ यथार्थबाट धेरै टाढा रहेको बताएका छन् । 

केही दिन अघि ‘कबिर सिंह’का निर्देशक सन्दीप रेड्डी वाङ्गाले फिल्ममा कबिर सिंहको उग्रतालाई प्रतिरक्षा गर्दै ‘पुरुषले आफूसँग सम्बन्धमा रहेकी महिलालाई सार्वजनिक स्थानमा चुम्बन गर्न सक्दैन र थप्पड हान्न सक्दैन भने ती दुईबीच मायाको कमी हुनसक्ने’ बताएका थिए । 

सन्दीपको उक्त भनाई बाहिरिएपछि कयैन कलाकारले त्यसलाई गलत ठहराएको थिए ।

प्रतिक्रिया दिनुहोस