निराजनसँग उडेर जाने रिमाको रहर (भिडियो)

सफल खबर संवाददाता

सोमबार, २३ असार २०७६, १८ : १४
निराजनसँग उडेर जाने रिमाको रहर (भिडियो)

काठमाडौं । देशको ५० लाख बढी जनसंख्या बिदेशमा छ । सानो देशबाट ठुलो सपना बोकेर बिदेशिएका नेपालीका आ-आफनै सपनाहरू छ्न । कला र संगीत मा आफुलाई स्थापित गर्ने प्रयास गर्दा गर्दै अधुरो रहेको सपना पूरा गर्ने इच्छा कता कता एउटा कलाकार सर्जकको मनमा सधै हुन्छ । 

करिब ३ वर्ष अघि सरिता लिङ्देनले आफ्नो डायरीमा लेखेर राखेको गीतले नयाँ जीवन पाएको छ । ' उडेर जाऊँ' बोलको रोमान्टिक गीतमा चर्चित गायिका अन्जु पन्तको स्वर रहेको छ । यस गीतमा संगीत भर्ने काम मन्जुल मितेरीले गरेका हुन । गीतको संगीत संयोजन  बादल लिम्बुले गरेका हुन । 

लभ रोमान्सको भावमा प्रस्तुत गरिएको यस भिडियोमा नायिका तथा मोडेल रिमा बिश्वकर्मा र मोडेल निराजन प्रधानलाई प्रेम जोडीका रूपमा प्रस्तुत गरिएको छ ।  रामकुमार केसीले  खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले  सम्पादन गरेका हुन ।  सरिता लिङ्देन प्रस्तुतकर्ता रहेकोे म्युजिक भिडियोलाई सत्य राज चौलागाईले  निर्देशन गरेका हुन। 

 

प्रतिक्रिया दिनुहोस