जब डिप्रेशनमा परे कैलाश खेर तब आत्महत्या गर्न गंगा नदीमा हाम फाले

आइतबार, २२ असार २०७६, १८ : ५०
जब डिप्रेशनमा परे कैलाश खेर तब आत्महत्या गर्न गंगा नदीमा हाम फाले

बलिउडका चर्चित सुफी गायक कैलाश खेर आज आफ्नो ४६ औं जन्मदिन मनाइरहेका छन् । मेरठ, उत्तरप्रदेशमा जन्मेका कैलाश खेरले सन् २००३ मा आफ्नो बलिउड करियरको सुरुवात गरेका थिए । उनले प्रियंका चोपडा र अक्षय कुमारको फिल्म अन्दाजमा पहिलो गित ‘रब्बा इश्क ना होवे ’ गाएका थिए । यो गित निकै चर्चित रह्यो । त्यसै वर्ष कैलाश खेरले ‘अल्लाह के बन्दे ’ पनि रिलिज भयो । यसले उनलाई थप चर्चित बनायो । उनी हेर्दा हेर्दै निकै चर्चित भए । तर तपाईंलाई अचम्म लाग्ला कि कैलाश खेरको जीवनमा यस्तो दिन पनि थियो तब आर्थिक समस्याका कारण उनले आत्महत्या गर्ने कोसिस गरेका थिए ।

कैलाश खेरले यो कुरा एक अन्तरवार्तामा खुलासा गरेका थिए । उनले भनेका थिए, ‘मैले धेरै पैसा गुमाएको थिएँ त्यसपछि मेरो संसारै ठप्प भएको थियो । म एक वर्षसम्म डिप्रेशनमा रहेँ । जब मैले यसको कुनै समाधान देखिनँ तब जीवन नै समाप्त गर्ने निर्णय लिएँ । त्यसकारण गंगा नदीमा हाम फालेँ तर मलाई मेरा साथीले बचाए ।’

घरबाट भागेका थिए कैलाश खेरः

गायन क्षेत्रमा आउनुअघि कैलाश खेलको दिल्लीमा सामान निर्यातको व्यापार थियो । जब कैलाह १४ वर्षका थिए तब उनी आफ्नो घर मेरठबाट भागेर आएका थिए । पछि उनले दिल्ली आएर विभिन्न स्थानमा काम गरे र पछि आफ्नै व्यापार सुरु गर्ने निर्णय गरे । कैलाशले कम उमेरमा नै विभिन्न समस्याको सामना गरेका थिए । पुरानो दिन याद गर्दै उनले एक अन्तरवार्तामा भने, ‘म साँच्चै भन्नुपर्दा विभिन्न कठिन परिस्थितीबाट गुज्रिएको छु किनभने म एक्लै थिएँ । हरेकको जीवनमा समस्या हुन्छ । मैले कहिले पनि आफूलाई समस्याबाट पार गराउन भगवानलाई पुकारिनँ । मैले आफ्नो संघर्ष जारी राखेँ ।’

कैलाश भन्छन्, ‘मेरो जीवन त्यतिबेला खासै राम्रो थिएनँ तर स्थिती सुधारोन्मुख थियो । जब म २७ वर्षको थिएँ तब अचानक समस्या आयो । आँखा झिम्काउँदासम्म सबैकुरा ध्वस्त भएको थियो । म शिथिल भएँ किनभने यस्तो होला भनेर सपनामा पनि सोचेको थिइनँ ।’

जब कैलाश खेरको व्यापारमा भयो लाखौंको घाटाः

अब कैलाश खेर आत्महत्याको कोसिसलाई आफ्नो सबैभन्दा ठूलो गल्ती ठान्छन् । उनी भन्छन्, ‘त्यतिबेला मसँग कुनै विकल्प थिएन । मैले थोरै जग्गा जोडेको थिएँ, त्यसबाट धेरै फाइदा पाउने आश थियो । मेरो आमा–बुवा भाडाको घरमा बस्नुहुन्थ्यो र जग्गा किनेकोमा मलाई गर्व लागेको थियो । त्यो जग्गामा घर बनाउँछु सोचेको थिएँ तर त्यसमा मलाई २२ लाख भारु घाटा लाग्यो । मैले निकै मेहनत गरेर कमाएको पैसा सबै गुम्यो ।’

कैलाशले आफ्नो विफलताबाट उठ्ने अनेकौं प्रयास गरे । पछि कैलाशले आफ्नो पिता पुर्खाले गर्दै आएको काम गर्ने निर्णय गरे । उनी ऋगिषकेश गएँ, त्यहाँ उनले कर्मकाण्ड, ज्योतिष सिके जुन उनको पिताको व्यवसाय थियो । यद्यपि, उनलाई यसले कुनै मद्दत गरेन, उनी लगातार डिप्रेशनमा फसिरहे ।

आत्महत्याका लागि कैलाश खेरले गंगा नदीमा हाम फालेका थिएः

त्यसको एक वर्षपछि जब कैलाशले आफ्नो मनस्थितीको सामना गर्न सकेनन् तब उनले आत्महत्या गर्ने सोच बनाए । कैलाश भन्छन्, ‘म एक्लै बस्न थालेको थिएँ । एकदिन म ऋषिकेशको एउटा घाटमा थिएँ, मेरो नजिकैबाट गंगा नदी बगिरहेको थियो । पछिल्लो एक वर्षमा आफूमाथि कस्ता समस्या आए भनेर उनी सोच्न थाले र तत्काल नदीमा हाम फाले । तर त्यस दिन मेरो मरण लेखेको रहेनछ । मसँगै बसेका साथीलाई लाग्यो कि मेरो खुट्टा चिप्लिएर नदीमा खसेको थिएँ, त्यसकारण उनले मलाई बचाउनका लागि हाम फाले । यदि उनले मलाई देखेका थिएनन् भने म आज यहाँ हुने थिइनँ ।’
 

प्रतिक्रिया दिनुहोस