शाहिदका यी फिल्म कहिल्यै रिलिज हुने छैनन्

शनिबार, २१ असार २०७६, २१ : ०५
शाहिदका यी फिल्म कहिल्यै रिलिज हुने छैनन्

काठमाडौं । भलै अहिले शाहिद कपुरको फिल्म कबिर सिंहले जबरदस्त कमाइ गरिरहेको छ । रिलिज भएको तेह्रौं दिनमै फिल्मले दुई सय करोडको कोसे ढुंगा पार गरेको छ । फिल्ममा शाहिदको साथमा कियरा अड्वानी रहेकी छन् । बलिउड प्रवेशको डेढ दशकपछि दुई सय करोड क्लबको स्वाद चाखेका शाहिदका यी पाँच फिल्म कहिल्यै  रिलिज भएनन् :

हीर राम्झा 
यस लिस्टमा पहिलो नाम आउँछ हीर रांझाको । २०१० मा सबिर खानले दीपिका पादुकोण र शाहिद कपुरलाई लिएर यो फिल्म बनाउन लागेका थिए । यस कुराको खुलासा सबिरले अन्तर्वार्तामै बताएका थिए । अन्तर्वार्तामा उनले दीपिका र शाहिदलाई धैर्य गर्न भनेका थिए । तर, पछि यो फिल्मबारे केही जानकारी आएन । 

यहाँ के हम सिकन्दर 
यहाँ के हम सिकन्दर फिल्ममा शाहिदको साथमा जोन अब्राहमलाई लिइएको थियो । फिल्मलाई अहमद खानले निर्देशन गर्दै थिए । पछि खेलसम्बन्धी मान्छेमा चासो कम भएकाले फिल्म बनाइएन । 

एके भर्सेज डिके
एके भर्सेज डिके फिल्मका लागि शाहिद कपुरलाई विक्रमादित्य मोटवानीले लिएका थिए । यसको जानकारी शाहिद आफैले दिएका थिए । यसमा अनुराग कश्यप भिलेनको भूमिकामा थिए । तर यो फिल्म पनि हल्लामै सीमित भयो । 

कही तो मिलेगी 
यस फिल्मलाई बबी खानले निर्देशन गर्न लागेका थिए । फिल्मका लागि दुई जना नयाँ कलाकारलाई लिइएको थियो । साउथ अफ्रिकामा फिल्मको सुटिङ हुने वाला थियो । तर पनि फिल्मको काम यत्तिकै बन्द भयो । 

चारुलता 
|यो सञ्जय लिला भन्सालीको फिल्म हो । शाहिद र रानी मुखर्जीलाई लिएर सञ्जयले यस फिल्म बनाउने योजनामा थिए । तर पछि फिल्मको बारेमा केही जानकारी बाहिर आएन । भन्साली अरु काममै व्यस्त भए ।  नयाँ पत्रीका 

प्रतिक्रिया दिनुहोस