शाहिद कपुरले तोडे सलमान खानको रेकर्ड

पत्रपत्रिकाबाट

शुक्रबार, २० असार २०७६, २० : ५९
शाहिद कपुरले तोडे सलमान खानको रेकर्ड

काठमाडौं । फिल्म दुनियाँबाट धेरैपछि भारतीय अभिनेता शाहिद कपुरले चर्चा बटुलेका छन् । पछिल्लो समय उनी अभिनित फिल्म ‘करिब सिंह’ प्रदर्शनमा आएसँगै उनको चर्चा हुन थालेको हो । फिल्ममा कपुरसँगै कियारा आडवाणी मुख्य भूमिकामा रहेकी छन् । 

कपुरले अभिनय गरेको फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेसँगै चर्चा सुरु भएको हो । फिल्मले १३ दिनमा दुई सय १३ करोड भारतीय रपैयाँको व्यापार गरेको छ । यसका साथै बलिउडका सुपरस्टार सलमान खानले अभिनय गरेको फिल्म ‘भारत’ र अभिनेता विकी कौशल अभिनित ‘उरी द सर्जिकल स्ट्राइक’ पछि परेका छन् । 

निर्माता तरण आदर्शले फिल्म ‘कविर सिंह’ले १३ दिनमा दुई सय करोडभन्दा बढीको व्यापार जानकारी गराएका छन् । जबकी सलमान खान अभिनित भारतले १४ दिनमा दुई सय करोड र विकी कौशल अभिनित ‘उरी द सर्जिकल स्ट्राइक’ले २८ दिनमा दुई सय करोडको व्यापार गरेको थियो । फिल्मले गरेको व्यापारअनुसार शाहिद कपुरको करियरमा यो सबैभन्दा बढी सफल फिल्मका रुपमा रहेको छ । नयाँ पत्रीका 

प्रतिक्रिया दिनुहोस