‘यसकारण फेर्नुपर्‍यो सनुप र अभया...’

शुक्रबार, २० असार २०७६, २० : ३३
‘यसकारण फेर्नुपर्‍यो सनुप र अभया...’

काठमाडौँं । गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को दोस्रो सिजनको तयारी अन्तिम चरणमा छ। साउनको दोस्रो साताबाट यो सो प्रसारणमा आउने बताइएको छ। दोस्रो सिजनमा दुई कोचहरु फेरिएका छन्। अभया सुब्बा र सनुप पौडेलको स्थानमा गायक राजु लामा र आस्था राउतको इन्ट्री भएको छ। गायक दीप श्रेष्ठ र प्रमोद खरेलले कोचका रुपमा निरन्तरता पाएका छन्। किन फेर्नुप-यो त कोच? सोका नेपाल निर्देशक लक्ष्मण पौडेलसँग रीना मोक्तानले गरेको कुराकानीः 

यसपालि अभया सुब्बा र सनुप पौडेललाई किन हटाइयो?
प्रोगामको फम्र्याटअनुसार कोच एक जना या दुई जना चेन्ज गर्ने नियम छ। अन्य देशमा पनि यस्तै अभ्यास चलिरहेको छ। युनिभर्सल रुल नै हो। त्यसैले हामीले त्यही नियमअनुसार अभया र सनुप चेन्ज गरेका हौं। उहाँहरु अर्को सिजनमा दोहोरिन पनि सक्नुहुन्छ।

नियममा सनुप र अभया नै फेर्नुको कारण?  
हाम्रो हल्यान्डमा रहेको हेड क्वार्टरबाट यसको निर्णय हुन्छ। दीप श्रेष्ठ विजयी टिम हुनुभएकाले पनि उहाँलाई नहटाइएको होला। विधाको हिसाबमा सनुपजीले आफ्नो पर्फमेन्स देखाउनु भयो। अब त्यही विधामा अझै कोही राम्रो गर्न सक्नेलाई मौका दिने कुरा भएको थियो। हामीले अप्सन पठाएका थियौँ। राजु लामालाई हेड क्वार्टरले फाइनल ग-यो। त्यस्तै महिलातर्फ अभयाजीले पनि राम्रो गर्नुभयो। अब त्यस्तै उहाँजस्तै रक प्याटर्नको योङ कोही छ भनेर खोज्दा आस्था राउत फाइनल हुनुभयो।

पहिलो सिजनले सोचे जतिको चर्चा कमाएन, के भन्नुहुन्छ?
सोच्न त जसरी नि पाइयो तर जति चर्चा पाएको थियो, त्यसमा आत्मसन्तुष्टि नै थियो। अझै बढी हाइप पाउँछु भन्ने सोच्नु पनि त गलत भएन नि ! गत वर्षको हाइप पनि हामीले सोचेभन्दा नै बढी थियो। पहिलो सिजनमा त्यसरी दर्शकले मन पराइदिनुहुन्छ होला भन्ने लागेको थिएन। अभयाजीको त झन् प्रस्तुति एकदम एक्स्ट्राअर्डिनरी थियो।

राजु लामा र आस्था राउतलाई कसरी प्रस्ताव गर्नुभयो?
हामीले उहाँहरुलाई फोन ग-योँ। उहाँहरु जोशिलो पनि हुनुभयो अनि जिम्मेवारी लिन तयार हुनुभयो। १९३ देशमा राम्रो प्रतिक्रिया पाइरहेको सोमा आबद्ध हुन पाउँदा दुवैजना खुशी हुनुहुन्थ्यो। उहाँहरु दुवै जना स्टेज सोमा निकै व्यस्त हुने गायकगायिकामा पर्नुहुन्छ। सोका लागि पनि मुस्किलले समय निकाल्नुभयो।

नयाँ कोचलाई लिएर अभया र सनुपको के छ प्रतिक्रिया?
उहाँहरुको प्रतिक्रिया त लिने समय पाएको छैन। सायद, उहाँहरुले पनि बुझ्नुहुन्छ होला यो फम्र्याटलाई।

यसपालि सोमा के छ नयाँ?  
भ्वाइसको एउटा राम्रो पक्ष के हो भने, यसले सधैँ एउटै फम्र्याट फलो गर्दैन। एउटै तरिकाले गर्नुपर्छ भन्ने छैन। ट्यालेन्ट सो हो, अब केही फम्र्याट मिल्छ जस्तो ब्लाइन्ड, ब्याटल अनि लाइभ हुन्छ। यो पटक नकआउट भन्ने सेगमेन्ट थपिएको छ। गत वर्ष ब्याटल राउन्डलाई निकै रुचाइएको थियो। ब्याटलजस्तै हुन्छ नकआउट। फम्र्याटमा केही परिवर्तन गरेर अघि बढ्दैछौं। कोच पनि परिवर्तन नै गरेका छौँ। दोस्रो सिजन केही नयाँ तरिकाले अघि जान्छ। आशा छ, राम्रै हुन्छ।

पहिलो सिजनका चुनौती के थिए?
नेपाल जस्तो देशमा त निकै चुनौती थिए। यो अन्तर्राष्ट्रिय सो पनि हो। ग्लोबल कन्सल्टेन्ट युरोपियन स्टाइलमा काम गर्न चाहनुहुन्थ्यो। हामी एसियन स्टाइल। कति कुरामा मिल्दैन थियो। त्यसमाथि एउटा गतिलो स्टुडियो पनि नभएको नेपालमा हामीले आफैँ एउटा स्टुडियो बनाएका छौं। कुर्सी बनाउने व्यक्ति पनि नेपालकै लिएका छौं। सबै कुरा मिलाएर अन्तर्राष्ट्रिय लेभलमा पु¥याउन एकदम गाह्रो भएको थियो। पूर्वाधार पहिल्यै तयार भएकाले यो वर्ष केही सजिलो पनि हुन्छ होला। कोचलाई पनि चुनौती थियो। पोहोर गर्नुपर्छ भन्ने चुनौती थियो, यसपालि कसरी राम्रो गर्ने भन्ने चुनौती छ।

पहिलो सिजनप्रति हेडक्वार्टरको कस्तो आयो प्रतिक्रिया?
एकदम राम्रो आयो किनभने युट्युबदेखि सोसल साइटको भ्यु अन्य देशको भन्दा नेपालको बढी नै थियो। जुन उनीहरुले आशा पनि गरेका थिए। शुक्रबार बाट 

प्रतिक्रिया दिनुहोस