चर्चाले के दिलायो आचललाई ?

शुक्रबार, २० असार २०७६, १९ : १६
चर्चाले के दिलायो आचललाई ?

काठमाडौँं । आँचल शर्माका मुखबाट अनेक–अनेक महावाणी झरिरहन्छन्। तर, उनका वाणीपछि सिर्जित विवादको कुरै नगरौँ। अघिल्लो दिन बोलेको कुरा भोलिपल्ट बोलेकै हैन भन्ने उनको बानीको त हर कोही कायल भइसकेका छन्। यो हप्ता पनि उनको नयाँ वाणी सुन्न पाइयो, ‘नाम होस्, बदनाम होस् तर गुमनाम चाहिँ नहोस्।’ 

आँचलको यो महान् वाणी निस्किएको हो , ‘दालभात तरकारी’ को सक्सेस पार्टीमा । फिल्ममा न आँचलको भूमिका राम्रो थियो, न अभिनय। एक समय सोलो हिरोइनवाला फिल्म मात्र खेल्ने गफ दिएकी उनलाई यस्तो फिल्म किन गर्नुपरेको भन्ने प्रश्नमा उनले फिल्मका कारण फाइदै भएको दाबी गरेकी हुन्।

‘यो फिल्म गरेर मलाई केही घाटा भएको छैन,’ उनले पार्टीमा भनिन्, ‘पहिलो दिनदेखि नै मिडियामा नाम आइरहेको छ। चर्चा सकारात्मक होस् वा नकारात्मक तर चर्चा चाहिँ भएको राम्रो !’ तर, यति धेरै चर्चाले आँचललाई दिलायो चाहिँ के ? म्युजिक भिडियो ? सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस