अस्मी श्रेष्ठले लेखिन् प्रेमपत्र

शुक्रबार, २० असार २०७६, १४ : ५५
अस्मी श्रेष्ठले लेखिन् प्रेमपत्र

काठमाडौं । पूर्व मिस नेपाल अस्मी श्रेष्ठ र भारतीय गायक सनम प्रेममा रहेको कुरा नौलो रहेन । केही समयअगाडिदेखि उनीहरूको प्रेमसम्बन्धबारे चर्चा भइरहेको थियो । उनीहरूले राख्ने फोटो, क्याप्सनलगायतले प्रेम फस्टाइरहेको स्पष्ट हुन्थ्यो । यसैबीच, अस्मी श्रेष्ठले दुवैजनाको फोटो राखेर प्रेममय स्टाटस लेखेकी छिन् ।

उनको स्टाटस यस्तो छ– म त्यो कुराकानी सधैँ सम्झन्छु, जुनवेला हामी सोच्थ्यौँ कि हामी एक–अर्कालाई ढाँटिरहेका छौँ । किनभने, दुवैको जन्मदिन एकै दिन परेको थियो । हामीले एक–अर्कालाई यही यथार्थ बतायौँ । अहिले दोस्रोपटक एकसाथ जन्मदिन आयो । र, मैले अहिलेसम्म विश्वास गर्न सकेकी छैन कि जीवनको हामीलाई यो मीठो सरप्राइज हो ।

यति अद्भूतपनाका लागि धन्यवाद, मलाई पूरा समय मुस्कुराउने बनायौ । इमानदारिताका वास्तविक अर्थ बुझाएका छौ, फेरि धन्यवाद ! जब तिमी मेरो जीवनमा आयौ, त्यस समयदेखि जीवन अत्यधिक सार्थक, शान्तिपूर्ण र प्रेमले भरिएको छ । हामीलाई जन्मदिनको शुभकामना, धेरै माया ! – नयाँ पत्रिकाबाट 

प्रतिक्रिया दिनुहोस