ज्योती मगरको प्रश्न : केटा कुमार नरहनलाई बिहेअघि के गर्छन् होलान् ?

शुक्रबार, २० असार २०७६, १४ : ४३
ज्योती मगरको प्रश्न : केटा कुमार नरहनलाई बिहेअघि के गर्छन् होलान् ?

काठमाडौं । ज्योति मगर मीठो स्वरकी धनी गायिका पनि हुन् । उनले ‘जिम्मल बाउकी छोरी’ जस्ता चर्चित गीतबाट उहिल्यै आफ्नो परिचय स्थापित गरेकी हुन् । तर, ज्योति स्टन्टबाज पनि हुन् भनेर भनिरहन पर्दैन । उनी गीतबाट मात्र होइन, म्युजिक भिडियोमा पनि अनेक हर्कत गरेर चर्चामा आउँछिन् । 

कन्सर्टमा युवाहरू ज्योतिको गीत सुन्न होइन, फेसन हेर्न आउँछन् भन्ने आरोप छ । यो कुरामा त्यति सत्यता नहोला । तर, उनले दर्शकलाई तताउने गर्छिन् । अनेक हर्कत गरेर मनोरञ्जन दिन्छिन् । 

यस्तै धारणालाई प्रश्रय दिन ज्योतिले फेसबुकमा स्टाटस नै लेखिन् । उनले लेखेकी छिन्, ‘हाम्रो संस्कारमा बिहेअगाडि केटी कुमारी हुनुपर्छ, तर केटा कुमार नभए पनि हुन्छ । बाइ द वे, केटा कुमार नरहनलाई के गर्छन् होलान् ?... १८ वर्षकाले कमेन्ट गरुम् होइ ।’  - नयाँ पत्रिकाबाट
 

प्रतिक्रिया दिनुहोस