नशालु पदार्थ खुवाएर अभिनेता आदित्य पन्चोलीले बलात्कार गरेको अभिनेत्रीको दाबी

बुधबार, १८ असार २०७६, १९ : २०
नशालु पदार्थ खुवाएर अभिनेता आदित्य पन्चोलीले बलात्कार गरेको अभिनेत्रीको दाबी

भारतीय अभिनेता आदित्य पन्चोलीले नशालु पदार्थ खुवाएर आफूलाई पटक पटक बलात्कार गरेको एक भारतीय अभिनेत्रीले दाबी गरेकी छन् । 

बलिउड स्टार बन्ने सपना बोकेर मुम्बइ आएकी ती अभिनेत्रीले सन् २००४ मा पन्चोलीलाई एउटा पार्टीमा पहिलोपटक भेटेकी थिइन् । त्यसबेला पन्चोलीले उनको पेय पदार्थमा नशालु पदार्थ मिसाएको र आफूलाई चक्कर लागेको अदालत समक्ष दिएको बयानमा उल्लेख छ । 

त्यसपछि पन्चोलीले घर छोड्ने बहानामा गाडीमा आफ्ना अश्लील फोटोहरु खिचेको र त्यो देखाएर बलात्कार गरेको उनको बयानमा छ । यसरी पटक पटक ब्ल्याकमेल गर्दे बलात्कार गर्ने र पैसासमेत माग्ने गरेको उनको दाबी छ । 

यो क्रम सन् २००४ देखि २००७ सम्मै चलेको उनले बताएकी छन् । त्यसबीच आफूले एक बरिष्ठ प्रहरी अधिकारीसमक्ष सबै कुरा बताए पनि पन्चोलीविरुद्ध कुनै कारवाही नभएको उनको भनाई छ । अहिले भने मुम्बइ सिटी सिभिल एण्ड सेसन कोर्टले यो मुद्दामा पन्चोलीलाई जुलाई १९ सम्मका लागि धरौटीमा छाडेको छ । - नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस