देवघाट गाउँपालिकाका तीन स्वास्थ्य संस्थाको सामाजिक परीक्षण

सफल खबर संवाददाता

बुधबार, १८ असार २०७६, १६ : ५७
देवघाट गाउँपालिकाका तीन स्वास्थ्य संस्थाको सामाजिक परीक्षण

तनहुँ । देवघाट गाउँपालिकाका तीन स्वास्थ्य संस्थाको सामाजिक परीक्षण भएको छ । देवघाट गाउँपालिका र युवा समाज नेपाल नारायणगढले तीन स्वास्थ्य संस्थाको सामाजिक परीक्षण गरेका हुन् । 

देवघाट ५ मा रहेको देवघाट स्वास्थ्य केन्द्र, देवघाट–१ मा रहेको कोटा स्वास्थ्य चौकी, देवघाट–४ मा रहेको सिनचाङ स्वास्थ्य चौकीको सामाजिक परीक्षण गरिएको हो । युवा समाज नेपालका अध्यक्ष केशवप्रसाद रेग्मीले देवघाट गाउँपालिकाका ३ वटा स्वास्थ्य संस्थाको सामाजिक परीक्षण गर्ने काम पूरा भएको बताउनुभयो । उहाँले देवघाट स्वास्थ्य चौकीको सामाजिक परीक्षणको क्रममा भएको अन्तक्र्रिया कार्यक्रममा स्वास्थ्य नै धन भएको हुनाले स्वास्थ्यप्रति हेलचत्र्रmाइ गर्न नहुने बताउनुभयो । 

कार्यक्रममा उहाँले देवघाटका स्वास्थ्य केन्द्रहरुमा ठूलो समस्याहरु नरहेको बताउनुभयो । उहाँले स्वास्थ्य केन्द्रहरुले जनताको विश्वास जित्न आवश्यक रहेको बताउँदै भन्नुभयो, ‘स्थानीयले पनि सबैभन्दा पहिला नजिकको उपचारको व्यवस्थाको बारेमा बुझ्न जरुरी छ ।’

उहाँले २०५१ सालमा स्थापना भएको युवा समाजले खानेपानी, सरसफाई, स्वास्थ्यलगायतको क्षेत्रमा काम गर्दै आइरहेको बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथि रहेका रेग्मीले स्वास्थ्य चौकीलाई देवघाट गाउँपालिकालाई नजिकबाट हेरिरहेको र सेवासुविधा थप्दै लगेको आफूले पाएको बताउनुभयो । 

अन्तक्र्रिया कार्यक्रमको अध्यक्षता गर्नुभएको वडा नं ५ का वडाध्यक्ष यालबहादुर गुरुङले युवा समाजबाट भएको सामाजिक परीक्षण अत्यन्तै फलदायी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्वास्थ्यचौकीमा भौतिक पूर्वाधारलगायतका क्षेत्रमा सुधार गर्न बाँकी छ, गाउँपालिकाले बजेटले भ्याएसम्म स्वास्थ्यचौकीको सुधार गरिरहेको छ । अझ सुधार गर्दै अघि बढ्ने मनसायमा हामी लागिरहेका छौँ ।’ 

कार्यक्रममा देवघाट सामुदायिक सेवा केन्द्रका अध्यक्ष होमबहादुर भारती (सञ्जीव)ले स्वास्थ्यचौकीमा भएका समस्याहरु समाधान गर्दै अघि बढ्नुपर्ने बताए । नेपाली कांग्रेसका प्रतिनिधि कृष्ण न्यौपानेले स्वास्थ्यचौकीमा मिति सकिएको औषधिमात्र पाइन्छ भन्ने गलत धारणा रहेको बताउनुभयो । 

नेकपा प्रतिनिधि पञ्चबहादुर आलेले नजिकको तीर्थलाई हेला गर्न नहुने बताउनुभयो । देवघाट स्वास्थ्य चौकीका इन्चार्ज राजेशकुमार यादवले स्वास्थ्य चौकीको सेवा सुविधाबारे जानकारी गराउनुभएको थियो । कार्यक्रको सहजीकरण युवा समाज नेपालका रामकुमार श्रेष्ठ र नारायणप्रसाद दवाडीले गर्नुभएको थियो । यसअघि युवा समाजले चितवनका २२ वटा स्वास्थ्य चौकीको सामाजिक परीक्षण गरेको युवा समाजका कार्यकारी निर्देशक खगराज ओझाले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस