के हिरोइन बन्छिन त दिलीप रायमाझीकी छोरी ?

सोमबार, १६ असार २०७६, २१ : ०३
के हिरोइन बन्छिन त दिलीप रायमाझीकी छोरी ?

काठमाडौं । दिलीप रायमाझी नेपाली चलचित्रमा स्थापित नाम हो । आदिकवि भानुभक्त, दर्पणछायालगायत थुप्रै हिट फिल्ममा अभिनय गरेका दिलीप रायमाझीकी छोरी दिव्या रायमाझीले पनि अव नेपाली चलचित्रमा अभिनय गर्ने चर्चा चल्न थालेको छ । 

 कलाकार शिवहरि पौडेलको निर्देशकमा बन्न लागेको चलचित्र ‘लक्का जवान’ मार्फत दिव्यालाई डेबयु गराउने चर्चा सुरु भएको छ । दिव्या अहिले अध्ययनको सिलसिलामा अमेरिकामा रहेकी छिन् ।

फिल्म ‘लक्का जवान’ को आइतबार राजधानीमा हास्यकलाकार किरण केसीको जन्मदिनको अवसरमा घोषणा गरिएको थियो । चलचित्रका सह–निर्माताको रूपमा किरण र अभिनेता दिलीप रायमाझी रहनेछन् । आमा बंगलामुखी फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने ‘लक्का जवान’मा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहनेछ ।

कलाकार र अन्य प्राविधिक पक्षबारे पछि जानकारी दिने निर्माण पक्षले बताएको छ । चलचित्र निर्माण घोषणासँगै चलचित्रमा अभिनेता दिलीप रायमाझीकी छोरी दिव्यालाई डेब्यु गराउन निर्देशक पौडेलले गरेका छन् ।  

अमेरिकामा रहेकी दिलीपकी छोरी दिव्या अभिनयमा इच्छुक रहेको, तर अहिल्यै डेब्यु गर्ने÷नगर्नेबारे उनले आधिकारिक जानकारी दिन बाँकी रहेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस