सौन्दर्या रजनीकान्तले डिलिट गरिन् छोरासँग खिचिएका तस्बिर

एजेन्सी

सोमबार, १६ असार २०७६, १५ : ४३
सौन्दर्या रजनीकान्तले डिलिट गरिन् छोरासँग खिचिएका तस्बिर

एजेन्सी । यो वर्षको फेब्रुअरीमा सुपरस्टार भनिने रजनीकान्तकी छोरी सौन्दर्या रजनीकान्तले नायक एवं व्यवसायी विशगन वनांगामुडीसँग दोस्रो विवाह गरिन् । सौन्दर्याले यसअघि अश्विन राजकुमारसँग विवाह गरेकी थिइन् जससँग उनको वेद नामका एक छोरा छन् । सौन्दर्याले सोसल मिडिया अकाउन्टमा आफ्नो छोरासँगको फोटो सेयर गरिरहन्छिन् । हालै सौन्दर्याले छोरासँगको एउटा एउटा तस्बिर सोसल अकाउन्टमा सेयर गरिन् जसमा उनी आफ्ना छोरासँग स्विमिङ पुलमा देखिएकी छिन् । यद्यपि, उनको यो तस्बिर धेरैलाई मन परेन ।

उनले उक्त तस्बिर पोष्ट गर्नेबित्तिकै मानिसहरुले उनीमाथि रोष प्रकट गरे । वास्तवमा चेन्नई आजकाल पानीको चरम अभावसँग जुधिरहेको छ, यस्तोमा सौन्दर्याले यसरी स्विमिङ पुलमा मस्ती गरिरहेको मानिसहरुलाई मन परेन ।

छोरासँगको उक्त फोटो उनले हालैको भ्रमणबाट पोष्ट गरेकी थिइन्, ‘उनीहरुलाई बाल्यकालदेखि नै सिकाउनुहोस्... र उनीहरु आफैं चम्किन थाल्छन् । स्विमिङ बच्चाका लागि अपरिहार्य छ । ’

यद्यपि, सौन्दर्यले मानिसहरुको रोषका कारण आफ्नो यो तस्बिर डिलिज गर्दै लेखेकी छिन्, ‘हामी आजकाल पानीको कमीका कारण अत्यधिक समस्याको सामना गरिरहेका छौं । संवेदनशीलता देखेपछि मैले आफ्नो ट्राभल डायरीबाट सेयर गरेको यो तस्बिर हटाएको छु । ती पुराना तस्बिर यसकारण सेयर गरेको थिएँ ता कि बच्चाका लागि उनीहरुलाई सुरुवातदेखि नै शारीरिक क्रियाकलापको महत्व सम्झाउनुहोस् ।’

यद्यपि, तस्बिर डिलिट गरेपछि पनि प्रयोगकर्ताको तर्फबाट मिश्रित प्रतिक्रिया आइरहेको छ । कतिले उनको यो निर्णयलाई सही बताएका छन् भने कतिले फेसबुकबाट पनि तस्बिर डिलिट गर्न माग गरिरहेका छन् । कतिले सौन्दर्याको पक्ष लिँदै उनले के कुरामा जोड दिइरहेकी छिन् भनेर नबुझेको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस