साम्राज्ञीको गफै ठूलो : हिरोले अभिनयमा भाका ल्याउन सक्दैनन् रे

शनिबार, १४ असार २०७६, १७ : ०५
साम्राज्ञीको गफै ठूलो : हिरोले अभिनयमा भाका ल्याउन सक्दैनन् रे

काठमाडौं । आफूलाई अहिलेकै सर्वाधिक महँगी र डिमान्डेड अभिनेत्री ठाने पनि साम्राज्ञी आरएल शाहको अभियन क्षमता कतै छिपेको छैन । उनले अभिनय गरेका एकपछि अर्को फिल्मको हालत धोबी पछाड भइरहेका छन् । तै पनि उनको गफ दिने बानी भने अझै उस्तै छ ।

आफ्नै ताल त्यस्तो छ तै पनि उनी नयाँ हिरोलाई अभिनय सिकाउन मन पर्छ भन्न छाडेकी छैनन् । उनको दाबी पत्याउने हो भने नयाँ हिरोले अभिनयमा भाका ल्याउन सक्दैनन् रे अनि उनी भाका मिलाइदिन्छिन् रे !

हरे आफू त महादेव उत्तानो पर कसले देला वर भनेझैँ साम्राज्ञीकै अभिनयको ताल मिलिसकेको छैन, अब उनले अभिनयको ताल सिकाएका नयाँ कलाकारको हालत कस्तो होला ! - शुक्रबारबाट 

प्रतिक्रिया दिनुहोस