ट्रोलको साइड इफेक्ट

शुक्रबार, १३ असार २०७६, २१ : २१
ट्रोलको साइड इफेक्ट

काठमाडौँ । अभिनेत्री वर्षा राउतले अस्ट्रेलियामा लगाएको लुगाले राष्ट्रिय चर्चा पायो। यही ड्रेसलाई लिएर थरिथरिका मिम र ट्रोल बने। यसको मात्रा यति धेरै भयो कि वर्षाका नवविवाहित श्रीमान् सञ्जोग कोइराला नै वर्षाको बचाउमा उभिनुपर्‍यो।

तर, उनले नेपाल फर्केपछि आफूले लगाएको लुगामा आफू र आफ्नो परिवार कसैलाई पनि आपत्ति नभएको भन्दै फ्यानलाई आश्वस्त पार्ने प्रयास गरिन्। तर, उनले मिडियामा जे भने पनि लुगा विवादले असर परेको उनी आफैँले पुष्टि गरिन्।  

विवाद चलिरहेकै समयमा निर्माण टिमले फिल्म ‘जात्रैजात्रा’को विशेष सो राखेको थियो। फिल्म हेर्न थुप्रै कलाकार बिग सिनेमामा निम्त्याइएका थिए। निम्तालु कलाकार कोभन्दा को राम्रो भनेझैँ गरी आएका थिए। यस्तै अवस्था फिल्मका कलाकारको पनि थियो। तर, हाँसको बथानमा बकुल्लो भनेझैँ वर्षा भने फिल्मको साधारण टिसर्ट लगाएर निम्तालुसँग फोटो खिचिरहेकी थिइन्। 

मिडिया उपस्थित हुने कार्यक्रममा सकभर हिरोइन डिजाइन गरेका लुगा नै लगाएर आउँछन्। वर्षा पनि यसरी नै आउँथिन्। यसलाई लुगाले सातो लिएको नभने के भन्ने ?  सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस