वर्षा र आकाशको विछोड (भिडियोसहित)

सफल खबर संवाददाता

शुक्रबार, १३ असार २०७६, १७ : २५
वर्षा र आकाशको विछोड (भिडियोसहित)

काठमाडौं । जीवन भोगाइका कथा व्यथा गीतमा समेटिने भएर होला गीतमा मान्छेको जिन्दगी हुन्छ । मान्छेको जिन्दगीमा सुखभन्दा दुख धेरै आउने भएर नै होला, मान्छे दुखलाई बारम्बार सम्झिरहन्छ । भन्ने हो भने भेट्नु र छुट्नु जीवनको रित हो तर विछोडको पीडाको भुल्न नसेकेर नै होला मान्छेले  गीत, कविता, कथाका माध्यमबाट आफ्ना मनका भावना पोखिरहेका हुन्छन् । 

डिजिटल बजारमा केही दिन अघि सेन्टिमेन्टल भर्सनको  'दिल तोडेर गयौ' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  यस गीतमा स्वर जगदिश समालको रहेको छ भने शब्द सुरेन्द्र थेगिमको रहेको छ ।  संगीत नारायण सुवेदी 'आभास' को रहेको छ । गीतको म्युजिक एरेन्ज्मेन्ट फणीन्द्र राईले गरेका हुन । 

प्रेम बिछोडको भावमा प्रस्तुत गरिएको यस भिडियोमा नायिका बर्षा राउत र नायक आकाश श्रेष्ठलाई प्रेम जोडीका रूपमा प्रस्तुत गरिएको छ । साथमा मोडेल निराजन प्रधानलाई  बर्षाको श्रीमानका रूपमा देखाइएको छ । बुद्ध थापाले खिचेको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन । निकेश खड्काको निर्देशनमा तयार भएको यस भिडियोलाई दर्शकको साथ र सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

 

प्रतिक्रिया दिनुहोस