टिक टकका हिट जोडी ट्वीन गर्लस फिचर्ड 'अमिलो निबुवा' सार्वजनिक (भिडियोसहित)

सफल खबर संवाददाता

शुक्रबार, १३ असार २०७६, १७ : ०९
टिक टकका हिट जोडी ट्वीन गर्लस फिचर्ड 'अमिलो निबुवा' सार्वजनिक (भिडियोसहित)

काठमाडौं । लामो समयदेखि अस्ट्रेलियामै रहेर धेरै हिट हिट म्युजिक भिडियोहरु निर्देशन गरेर कहलिएका निर्देशक जीवन रसाईली अब भने गायनमा पनि जम्ने कोसिसमा छन् । गायक रसाईलीको नयाँ गीत  “अमिलो निबुवा” को म्युजिक भिडियो सार्वजनिक भएको छ । दिपक सिलवालको शब्द तथा संगीत रहेको उक्त गीतमा कुसल सिंहको एरेन्ज रहेको छ भने गायक रसाईलीलाई गायिका निकिता थापाले गायनमा साथ दिएकी छिन् । “अमिलो निबुवा”मा टिकटकका सर्वाधिक हिट ट्वीन र्गल्स प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा, दीपा श्रेष्ठ र दमन्ता श्रेष्ठ, शिशिर भण्डारीको साथ मिलन शंकरको अभिनय रहेको छ जुन टिमको यस अघिको हाम्रो माया जिन्दावादलाई अत्याधिक मन पराइएको थियो । हाम्रो माया जिन्दावाद बोलको सफलतापछि सार्वजनिक भएको उक्त डान्सिङ गीतमा माया पिरतीको भाव समावेश गरिएको छ । 

“अमिलो निबुवा” भिडियोमा नबराज उप्रेतीले छायाँकन नबिन निरौलाको सम्पादन र गम्भीर बिस्टको कोरियोग्राफी र जीवन रसाईलीको नै निर्देशन रहेको छ । हाल आष्ट्रलियाको लोकप्रिय नेपाली च्यानल 'हेल्लो अस्ट्रेलिया टिभी'मा आबद्ध गायक जीवन रसाईलीले यस अघि पनि धेरै सामजिक चेतनाका र कमर्सियल गीतहरु गाइसकेका छन् भने उनले नेपली लगायत पन्जाबी, हिन्दी, भियतनामी, इंग्लिश गीतको म्युजिक भिडियोको निर्देशन गरिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस