लैंगिक अल्पसंख्यकको पिडा दर्साउने 'बुझिदेउ'को म्युजिक भिडियो सार्वजनिक

सफल खबर संवाददाता

बुधबार, ११ असार २०७६, १८ : १९
लैंगिक अल्पसंख्यकको पिडा दर्साउने 'बुझिदेउ'को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । विश्व भरमा फरक पहिचान बोकेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई हेरिने नजर र गरिने व्यवहार नकारात्मक छ । अझैपनि बिनादोष प्राकृतिक रूपमा लिएको जन्मलाई लिएर समाजमा उनिहरुले तिरस्कृत र घृणित जिन्दगी जिउँदै आउनु परेको छ ।  फरक पहिचान बोकेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले पनि आफूले चाहेको जस्तो जिन्दगी ससम्मान बाच्न पाउनु पर्छ भन्ने सामाजिक सन्देश बोकेको मार्मिक गीत  'बुझिदेउ'  को म्युजिक भिडियो सार्वजनिक भएको छ । 

केही दिन अघि सार्वजनिक भएको म्युजिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया र साथ मिलेको छ । यस गीतमा स्वर, संगीत र शब्द गायक राज लिम्बुको रहेको छ भने गीतको एरेन्ज्मेन्ट विश्व अधिकारीले गरेका हुन । अजय रेग्मीले खिचेको भिडियोमा निरज, आशिक, लक्ष्मण चौलागाईं, सावित्री देवी गौतमको अभिनय रहेको छ । क्रान्ति केसीको सम्पादन र निर्देशनमा गीतको भिडियो तयार भएको हो ।

 

प्रतिक्रिया दिनुहोस