पत्रकारलाई सामाजिक विषय लेखन अभिमुखीकरण

सफल खबर संवाददाता

बुधबार, ११ असार २०७६, १५ : ४७
पत्रकारलाई सामाजिक विषय लेखन अभिमुखीकरण

चितवन । भरतपुरमा पत्रकारहरुका लागि सामाजिक विषय लेखन अभिमुखीकरण बुधबारबाट सुरु भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनको आयोजना र भरतपुर महानगरपालिकाको सहयोगमा तीनदिने अभिमुखीकरण सुरु भएको हो । 
पत्रकारहरुलाई विभिन्न सामाजिक विषयमा समाचार लेख्न तथा विषय चयन गर्न, प्रस्तुत गर्न सहयोग पु¥याउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको शाखा अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिए । कार्यक्रममा विभिन्न सामाजिक विषयमा सम्बन्धित विज्ञहरुसँग समस्या, चुनौती, वर्तमान अवस्था लगायत विभिन्न विषयमा रहेर छलफल, अन्तरक्रिया गरिने छ । 
पहिलो दिन भरतपुर महानगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखाका महिला विकास अधिकृत कलावती ओझा र सुशीला वाग्लेसँग सहभागी पत्रकारहरुले छलफल गरे । उनीहरुले महिला तथा बालबालिकाको लागि महानगरले गरिरहेको विभिन्न गतिविधि तथा समस्या र चुनौतीका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा पत्रकारहरु अनिल ढकाल, तीर्थ नेपाल, शान्ता अधिकारी, नारायण अधिकारी, हरिप्रसाद पोख्रेल, रोहिणी त्रिपाठी, शिशिर सिम्खडा, दिपेन्द्र अधिकारी, सूर्यप्रकाश कँडेल लगायतले सामाजिक विषयको समाचार लेखन अनुभव बताएका थिए । जिल्ला समन्वय समिति चितवनको सभाहलमा भएको कार्यक्रममा ४५ जनाभन्दा बढी पत्रकारहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस