नेपालमा लागूऔषध : अपराध, अवस्था र प्रवृत्तिहरु

बुधबार, ११ असार २०७६, १४ : ०२
नेपालमा लागूऔषध : अपराध, अवस्था र प्रवृत्तिहरु

- दिपेन्द्र शाह, प्रहरी नायव उपरीक्षक

मानव सभ्यताको शुरुवात सँगै कुनै न कुनै रुपमा लागूऔषधको प्रयोग हुंदै आइएपनि १६ औं सताब्दीको शुरुबाट युरोपियन मुलूकहरुमा “अफिम” नामक वनस्पति र त्यसबाट उत्पादित वस्तुहरु दर्दनाशक औषधिको रुपमा व्यापक रुपमा दुरुपयोग हुन थाल्यो । नेपालको सन्दर्भमा हेर्ने हो भने प्राग ऐतिहासिक कालदेखि प्राकृतिक रुपमा जमिनमा उम्रिएका भाङ, धतुरो, गाँजाहरु साधु शन्तहरुले सेवन गर्ने र कृषकहरुले घरपालुवा जनावारहरुको उपचारको लागि औषधिको रुपमा प्रयोग गरिंदै आएको वस्तुहरु सन् १९७० को दशकपछि नेपालमा हिप्पी सँस्कृतिको प्रवेशसँगै यसको दुरुपयोग तिब्र रुपमा बृद्धि हुन थाल्यो । यसै बेलादेखि नेपालमा गाँजा, चरेसबाहेक कोका, अफिमबाट उत्पादित अन्य लागूऔषधहरुको आयात र दुरुपयोगको शुरुवात भयो । 
मानव समुदायमा लागूऔषधको उत्पादन र प्रयोग जे जसरी जुन प्रयोजनबाट शुरुवात भएतापनि हाल आएर विश्वका सबै मुलुकहरुले यसको उत्पादन, ओसारपसार र प्रयोगलाई गम्भीर र मानवीय अपराधको रुपमा लिएको छ । आतंकवाद जस्तै गम्भीर प्रकृतिको अपराधको सूचिमा सूचिकृत यो लागूऔषध अपराधसँग निकट अन्य संगठित अपराधहरु, मानव तस्करी अवैध हातहतियार र अन्तर्राष्ट्रिय आतंकवादका गतिविधि समेत क्रमिकरुपमा विश्व समुदायमा बढ्दो छ । 
शुरुका दिनहरुमा यसलाई कुनै एक राष्ट्र विशेषको समस्या र चासोको विषय भनिए पनि हाल आएर यस लागू औषध अपराधलाई विश्वका सवै राष्ट्रहरुले सामूहिक चिन्ता र चासोको विषय बनाएको छ । 
आज विश्वका अधिकांस देशहरु लागू औषधको दुष्चक्रिय प्रभावबाट ग्रसित छ । लागू औषधको अनियन्त्रित प्रयोग र दुव्र्यसनले स्वयं व्यक्तिलाई त मानसिकरुपमा क्षति गर्छ नै यसको दुस्प्रभावबाट सिंङ्गो राष्ट्रको समग्र आर्थिक, सामाजिक, नैतिक, साँस्कृतिक एवं आम जनस्वास्थ्यका क्षेत्रमा तात्कालिन र दीर्घकालिन नकारात्मक असर पार्दछ । लागू औषधको अनियन्त्रित प्रयोग र दुव्र्यसनले पछिल्लो समयमा एच्। आई।भि।९एड्स० हेपाटाइटिस “बी।” जस्ता प्राणघातक यौनजन्य रोगको संक्रमणलाई तिब्रता दिई आमजनसमुदायमा त्रास र आतंकको स्थीति श्रृजना गरी पारीवारिक, सामाजिक विखण्डनलाई निम्त्याउन खोजेको छ र विश्व समुदायलाई नै चिन्तित् तुल्याएको छ । त्यस्तै मानव समुदायमा नैतिक अनुशासन जस्ता मानवीय मुल्य मान्यता र साँस्कृतिक, धार्मिक एवं अध्यात्मिक पहिचानमा क्रमशः ह्रास आई सामाजिक संरचना र प्रतिष्ठामा संकट खडा गरेको छ र हरेक राष्ट्रले त्यसको पुनःनिर्माणको लागि वर्षेनि ठूलो धनराशी र मेहनत, खर्च गर्नु परिरहेको छ । 


हाल विश्व समुदायमा आन्तरिक रुपमा हरेक राष्ट्रले नीति तथा कार्यक्रम र कानून बनाई लागूऔषधको अनियन्त्रित प्रयोग र दुव्र्यसनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेकाछन् भने पछिल्ला चरणमा यसलाई विश्वको साझा समस्याको रुपमा लिई सवै राष्ट्रहरु मिली साझा नीति तथा कार्यक्रम बनाई नियन्त्रणका प्रयास गरिंदै आईरहेकाछन् तापनि विश्वमा यसको उत्पादन तथा दुरुपयोग निरन्तर भईरहेको छ । 
२०१७ सालभन्दा अगाडि नेपालमा लागू औषधहरुको अनियन्त्रित प्रयोग र दुव्र्यसन नियन्त्रण गर्ने कुनै कानुनी मापदण्डहरु नभएपनि आम नागरिकहरुको सदाचार, स्वास्थ, सामाजिक मूल्य मान्यता र नैतिकताको रक्षाको लागि समाजले नै यसको नियन्त्रण गर्ने गरेको थियो । पछि २०१७ सालमा मादक पदार्थ ऐन र २०१९ सालमा मादक पदार्थ नियमावली कृयाशिल हुन थालेपछि लागू औषध  एवं मादक पदार्थको अनियन्त्रित प्रयोग र यसको दुर्वयसनलाई नियन्त्रण गर्ने औपचारीक प्रयास शुरु भयो । यसको कृयाशिलता पछि पनि लागू औषधको उत्पादन तथा ओसार–पसारमा बृद्धि नै भैरहेकोले त्यसको प्रभावकारी नियन्त्रणको लागि तत्कालिन नेपाल सरकारले २०३३ सालमा लागू औषध नियन्त्रण ऐन लागु गरी यसलाई सरकारी मुद्धा सम्वन्धी ऐन अन्तरगत राखी लागू पदार्थको उत्पादन, ओसार–पसार र प्रयोगलाई अपराधको रुपमा परिभाषित गरी लागू औषध अपराध नियन्त्रण गर्ने कार्य भइरहेको छ । 
लागूऔषध नियन्त्रण ऐन २०३३ ले नेपालमा लागूऔषध अपराधलाई विभिन्न तीन श्रेणीमा विभाजन गरी कानुनी दण्ड जरिवानाको व्यवस्था गरेको छ । लागू औषधको परिभाषा भित्र समेटिएको वस्तुहरुको अवैध पैठारी एवं बिक्री–बितरणलाई पहिलो ,नेपालको बाटोहुँदै अन्य गन्तव्य मुलुकमा पैठारी हुने हेरोईन र अन्य लागु औषधको ओसार–पसारलाई दोश्रो र नेपालमा उत्पादन हुने गाँजा र सोबाट बनेको चरेश जस्ता वस्तुको खेती, उत्पादन, प्रशोधन, संचिती तथा निकासी कार्यलाई तेश्रो श्रेणीमा राखेको छ । 
नेपालमा हुने लागू औषध सम्वन्धी अपराधहरु मध्ये संख्यागतरुपमा सबभन्दा बढी यसको दुव्र्यसन हो । नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभागले सन् २००७ मा प्रकासित गरेको आँकडा अनुसार नेपालमा ४२,९५४ पुरुष र ३,३५५ महिला गरी जम्मा ४३,३०९ जना लागूऔषधका दुव्र्यसनी छन् । हाल आएर यो संख्या दोब्बर पुगेको अनुमान छ । जसमध्ये ७६५ दुव्र्यसनी ३० वर्षभन्दा मुनिका छन् । नेपालका दुव्र्यसनीहरुमध्ये सबभन्दा बढी व्यक्तिहरु साथी संगतिको लहैलहैमा लागेर त्यसपछि क्रमशः उत्सुकता जागेर, पारिवारीक समस्या, रमाईलोको लागि र अन्य कारणले लागूऔषधको दुव्र्यसनी बनेको देखिन्छ । त्यस्तै दुव्र्यसनीहरुको शैक्षिक स्थिति हेर्दा सामान्य शिक्षित ७।७५, प्राथमिक शिक्षा पासका २१।२५ माध्यामिक शिक्षा पासका ४।८९५, प्रमाण पत्र तहका २१।६५ र उच्च शिक्षा हाँसिल गरेका ०।७५ रहेका छन् । 
नेपालका दुव्र्यसनीहरुमध्ये सबभन्दा बढीले गाँजा र यसबाट बनेका चरेसको प्रयोग बढी गरेको देखिन्छ भने करिब त्यति नै संख्यामा दुव्र्यसनीहरुले रासायनिक लागूऔषधको प्रयोग गर्दछन् । त्यसपछि क्रमशः खैरो हेरोईन, सेतो हेरोईन, अफिम, डेन्ट्राइट र अन्य पदार्थको प्रयोग गर्ने गर्दछन् । ती दुव्र्यसनीहरुले लागूऔषध दुव्र्यसनी साथीहरुबाट, औषधी पसल, घुम्ती लागू औषध बिक्रेता, भारतीय सीमा क्षेत्रका व्यक्तिहरुसँग, रंगपसल र खेती बाट लागूऔषध प्राप्त गर्दछन् ।
नेपालमा उत्पादन हुने लागूऔषधमा मुख्य रुपमा गाँजा र यसबाट बनेको चरेस नै हो । नेपालमा गाँजा प्राकृतिक रुपमा जंगल, खोला–नाला छेउ–छाउका जमिनमा उम्रिन्छन् भने कतिपय स्थानहरुमा व्यावसायीक रुपमा खेती गरेको पनि भेटिन्छ । यसरी गाँजा उत्पादन हुने जिल्लाहरुमा रुकुम, सल्यान, डोटी,बझाङ्ग दार्चुला, बागलुङ्ग म्याग्दी, मकवानपुर, धादिङ्ग बारा, पर्सा, रौतहट, सर्लाही महोत्तरी, धनुषा, सिराहा सुनसरी, मोरङ्ग, बर्दिया, सप्तरी रुपन्देही नवलपरासी, चितवन आदि मुख्य छन् । नेपालमा उत्पादन हुने गाँजा तथा चरेसको गुणस्तर राम्रो भएकोले लागू औषध तस्करहरुले अन्तर्राष्ट्रिय बजारमा बढी मूल्यमा बिक्री गर्दछन् । नेपालमा उत्पादन हुने गाँजा तथा यसबाट बनेको चरेश लुकाइ–छिपाई विभिन्न मार्ग हुदै चीन, युरोप अमेरीका,जापान ,क्यानाडा, अष्ट्रेलिया सम्म पुग्ने गरेको लागूऔषध अपराध नियन्त्रण कारवाहीबाट खुल्न आएको छ । त्यस्तै भारतमा उत्पादन हुने लागूऔषध र नियन्त्रित औषधीहरुको खपत नेपालमा केहि वर्ष यता  बढेको छ भन्ने अफगानिस्तान, पाकिस्तान र भारतमा उत्पादन हुने लागूऔषध नेपालहुँदै तेश्रो मुलुकतर्फ पठाउने घटनाहरु पनि भेटिएका छन् ।
लागू औषधको मुख्य कारोवारीहरुमा नेपाली, भारतीय, पश्चिमी अफ्रीकी मुलुकका नागरिक, वेलायती, थाई, ईरानी नागरिकहरु भेटिएका छन् भने उनीहरुले भारत चीन, थाईल्याण्ड, ईरान, इन्डोनेशिया र हङकङ जस्ता मुलुकहरुमा विभिन्न माध्यामबाट नेपालबाट लागू औषध पठाउने र त्यहांबाट अन्तिम गन्तव्यका रुपमा यु।एस।ए।,क्यानाडा, जापान, युरोपियन मूलक र अष्ट्रेलियामा पठाउने गरेको पाईएको छ । पछिल्लो चरणमा पश्चिमी अफ्रिकी मुलका नागरिकहरु हवाई मार्ग हुदै भारत सम्म आउने र त्यहांबाट स्थलमार्ग हुदै नेपाल आई नेपालीहरुलाई भरीया बनाई लागू औषध विशेष गरी हेरोईन भारत, पाकिस्तान, वैंकक, ईन्डोनेशिया, तान्जानिया सम्म पु(याउने गरेको अनुसन्धानबाट खुल्न आएको छ । 
भारतमा उत्पादित र त्यहाँ आयातित हेरोईनहरु खुल्ला नाका भएका कारण नेपालको झापा जिल्लाको, काँकडभिट्टा, मोरङ्गको रानी, बिरगंजको रक्सौल, भैरहवाको सुनौली, कपिलवस्तुको कृष्णनगर, नेपालगंजको रुपेडिया, कञ्चनपुरको वेलौरी, दोधारा, कैलालीको गौरीफण्टा नाका हुदै नेपाल भित्रिने गर्दछन् । नेपालमा आयतित त्यस्ता लागू औषधहरु हवाई मार्ग हुदै विभिन्न तरिकाले अन्य मुलुकमा पठाउने गरेको पाईएको छ । 
लागूऔषध अपराध विश्वका हरेक मुलुकले जघन्य एवं गम्भीर अपराधको रुपमा लिएकाले कानुनी कारवाहीका डरले लागू औषध तस्करहरु विभिन्न वहानामा लुकाई–छिपाई ओसारपसार गर्दछन् । लागूऔषध अपराध अनुसन्धानको सिलसिलामा लागू औषध तस्करहरुले लागूऔषधहरु आफ्नो शरीरमा छिपाएर र अन्य सामानहरुमा लुकाएर ओसारपसार गरेको भेटिएको छ । पछिल्ला चरणमा तस्करहरुले लागूऔषध हेरोईनलाई विभिन्न साईजका क्याप्सुल बनाएर खाने, शरीरका अंगहरुमा मिलाएर राखी टेपले बाध्ने,महिलाहरुले ढाल, कण्डममा भरी योनीभित्र लुकाउने, मलद्धारमा राख्ने गरेको पाइएको छ भने हवाई मार्ग एवं स्थलमार्ग द्धारा ओसार–पसार गर्दा विभिन्न किसिमका मूर्ती भित्र राख्ने, फोटो एलबमको कभरमा राख्ने ,अचारको भाँडामा, सुन्तला भित्र राख्ने, अगरवत्तिको बट्टा भित्र, चुरोटको कार्टुन, रक्सीको बोतल र बट्टामा, क्यूरोका सामान भित्र, डायरी किताव भित्र, जुत्ताको तलुवा,कार्टुनको बीटमा, कार्पेटको बीटमा, चिजको बट्टा, बेतबाट बनेको भाँडा, टोपी भित्र, कार्गो बाट पठाउने चिठीपत्र, सुट्केश भित्र फल्स बटम बनाइ राख्ने, पाउरोटीको प्याकेट भित्र, हस्तकलाका सामानको भित्री भागमा लुकाएर राख्ने गरेको भेटिएको छ ।
लागूऔषध अपराधका विगतका घटनाहरुको विश्लेषण गर्दा संख्यात्मक  रुपमा आपूर्ति एवं दुव्र्यसनी बढे पनि जनसंख्या बृद्धिको अनुपातमा यो संख्या धेरै हैन । विगतका वर्षहरुमा भन्दा यस वर्ष लागू औषधहरुको बजार मूल्य बढ्नुले यसको आपूर्ति नियन्त्रण पक्षमा सकारात्मक संकेत  देखा परेको छ भने दुव्र्यसनी संख्या बढ्नुले बजारमा यसको माग यथावत देखिन्छ । 
पछिल्लो चरणमा दुव्र्यसनीहरुले फरक प्रकृतिको गुणस्तरयुक्त नियन्त्रित लागू औषधको सेवन गर्नेको संख्या केही बृद्धि भएको देखिन्छ भने कडा लागू औषध हेरोईनको थोक कारोवार र ठूला परिणाममा उत्पादन  र ओसार–पसार गर्ने क्रम क्रमशः घट्दै आईरहेको छ । लागू औषध तस्करहरुले ओसार–पसार गर्न भूक्तानि पद्धति एवं सूचना प्रवाहको क्षेत्रमा आएको आधुनिक पद्धतिको सदुपयोग गर्दै काठमाण्डौं बाट दिल्ली एवं अन्य भारतीय शहरमा चल्ने बस सेवा, ढुवानी ट्रक, पेट्रोलियम ट्याङ्करहरु समेत प्रयोग गर्न थालेको छ । नेपाली दुव्र्यसनीहरुका बीच खपत हुने भारतीय खैरो हेरोईन ओसारपसारकर्ताहरुले हाल आएर एक पटकमा कम परिमाणमा ९१०० ग्रामभन्दा कम० आयात गर्ने प्रवृति बढेको छ भने सो लागूऔषध सीमावर्ती नेपाली बजार हुदै राजधानी लगाएत अन्य शहरहरुसम्म पुग्ने गरेको छ । 
विशाल जनसंख्या भएको भारत र चीनमा लागू औषध बजारको ठूलो सम्भावना भएकोले लागू औषध तस्करहरुले नेपाललाई सुरक्षित स्थानको रुपमा प्रयोग गर्ने सम्भावना त्यत्तिकै छ भने अफगानिस्तान,पाकिस्तानबाट हवाई मार्ग बाट सिधै काठमाण्डौ ल्याई स्थलमार्ग अरनिको राजमार्गबाट सिधै तातोपानी हुदै चीन तर्फ लागू औषध ओसार–पसार गर्ने प्रवृति पनि देखा परेको छ । 
पछिल्लो चरणमा एमफेटामिन, मेथाएमफेटामिन जस्ता घातक कृतिम लागू औषधको विश्वव्यापी प्रयोग भइरहेको सन्दर्भमा त्यसको निर्माणमा आवश्यक पर्ने सहायक रसायन चीन र भारतमा बढी उत्पादन हुने हुँदा त्यसको चुहावटको सम्भावना नेपालमा प्रवल  देखिएकोले यसको असरलाई नेपालले गम्भिरता पूर्वक लिनुपर्ने देखिन्छ ।    

नारायणी नदी र चितवन राष्ट्रिय निकुन्जको कारण ब्यापार , बाणिज्य र कृषी, शैक्षिक एबं पर्यटन बिकासको संभावना बोकेको यस चितवन जिल्लाको पछिल्लो चरणमा भु(राजनैतिक महत्व समेत बढ्दै गएको र नेपालको करिब मध्ये भागमा अबस्थित  यस चितवन जिल्लामा  लागुऔषध बरामदीको परिमाण र प्रकार हेर्दा  यस जिल्लामा क्थलतजभतष्अ म्चगन ९अप्राकृतिक लागुऔषध० बढी खपत तथा दुरुपयोग हुने गरेको देखिन्छ । 
नेपालमा लागू औषध अपराध नियन्त्रणका प्रयासहरु विभिन्न संयन्त्रहरु मार्फत पहिलले देखिनै भएतापनि त्यसले प्रभावकारी रुपमा काम गर्न सकेको थिएन । वि।सं। २०३३ मा लागू औषध नियन्त्रण ऐन आएपछि त्यसको औपचारिक र प्रभावकारी नियन्त्रणको सुरुवात भयो । सन् १९९२ मा गृह मन्त्रलायको प्रत्यक्ष मातहतमा रहने गरी “लागू औषध नियन्त्रण कानुन कार्यान्वयन इकाई”को स्थापना भएपछि लागू औषध अपराध नियन्त्रणको क्षेत्रमा महत्वपूर्ण उपलव्धीहरु हाँसिल भएका छन् । अझ २०६३ सालमा लागू औषध नियन्त्रण राष्ट्रिय नीति सार्वाजनिक भएपछि लागू औषधको आपूर्ति नियन्त्रण, माग घटाउ, दुव्र्यसनी रोकथाम र उपचार तथा पुनस्र्थापनाको क्षेत्रमा नयाँ आयामहरु थपिएको छ ।  त्यसमा पनि नेपाल प्रहरीमा प्रहरी  नायव महानिरिक्षकको कमाण्डमा लागु औषध नियन्त्रण ब्युरोको स्थापना र कार्यान्वयन झनै महत्वपुर्ण छ । 
हाल नेपालमा लागूऔषध अपराध नियन्त्रण गर्ने कार्यमा नेपाल प्रहरी प्रत्यक्ष रुपमा खटिएता पनि नेपाल प्रहरीको एक्लो प्रयासबाट मात्र यसको नियन्त्रण सम्भव छैन । यसमा आमजनसमुदायको सहयोग त चाहिन्छ नै, अझ बढी सम्वद्ध सरकारी निकायको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । लागूऔषध अपराध आर्थिक र भौतिक सुखसुविधासँग मात्र सम्वद्ध नभई मानवीय संवेदनासँग जोडिएको हुनाले लागू औषध अपराधलाई अर्काको मात्र समस्या हो भनि नपन्छिई यसबाट म र मेरो परिवारलाई समेत असर पार्न सक्छ भन्ने मानसिकता लिएर काम गरे लागू औषधको उत्पादन ओसारपसार र दुरुपयोग नियन्त्रण गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस