प्रदेश संरचना निर्माणको तयारीमा काग्रेस

मनोनित गर्ने कि निर्वाचित भन्नेमा देउवा–पौडेलबीच विवाद

सफल खबर संवाददाता

बुधबार, ११ असार २०७६, ०७ : ४९
प्रदेश संरचना निर्माणको तयारीमा काग्रेस

काठमाडौं । अन्ततः प्रतिपक्षी काग्रेसले पार्टी प्रदेश संरचना निर्माणको तयारी थालेको छ । मुलुक संघीय संरचनामा गएको झण्डै ४ वर्षपछि मात्र पार्टीलाई प्रदेश संरचनामा लैजाने तयारीमा काग्रेस जुटेको हो । उसले संघीय संरचना अनुसारको पार्टी विद्यान पनि ढिलो गरी गत माघमा मात्र बनाएको थियो ।

प्रदेश संरचना अनुसार संगठन निर्माण गर्ने तयारी थालेपनि ति संरचनामा मनोनित गर्ने या निर्वाचित गर्ने भन्नेमा चर्काे विवाद काग्रेसभित्र देखिन थालेको छ ।

संघीय ढाचा अनुसार काग्रेसले वडा देखि प्रदेश तहसम्मको संरचना बनाउन खोजेको हो । तर वडा देखि प्रदेश तहसम्मकै संरचना निर्माण गर्दा कमिटिमा निर्वाचित गर्ने या मनोनित गर्ने भन्नेमा नेताहरुका बीचमा विवाद देखिएको छ ।

पार्टी सभापति शेरवहादुर देउवा तत्कालका लागि मनोनित गरेर संरचना निर्माणको पक्षमा छन् । तर सस्थापन इतरका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधर नेताहरु भने निर्वाचनबाटै संरचना निर्माण गरेर जानुपर्ने पक्षमा देखिएका छन् ।

पार्टी विद्यानले नै पार्टीको जुनसुकै तहको संरचना निर्माण गर्दा र त्यहाँको कमिटि गठन गर्दा निर्वाचनबाटै चयन गर्नुपर्ने ब्यवस्था भएकोले निर्वाचनमा जानुपर्ने देउवाइतर पक्षको मत देखिएको छ ।

देउवा वरिष्ठ नेता पौडेलपक्षसँग भागवन्डाका आधारमा सहमति निर्माण गरेर मनोनयन गर्ने पक्षमा छन् । तयसका लागि उनले छलफल समेत चलाएको उनी निकट नेताहरु बताउँछन् । ‘सकभर सहमतिका आधारमा भागवन्डा गरेरै कमिटि निर्माण मनोनयनबाटै गर्ने तयारीमा सभापति हुनुहुन्छ,’ देउवापक्षिय एक नेताले भने–‘सहमति जुट्नै सकेन भने मात्र निर्वाचन विकल्प हुन सक्छ ।’

पौडेल पक्षले भने पार्टी विद्यान अनुसार आगामी फागुनमा केन्द्रकै महाधिवेशन गर्नुपर्ने भएकोले अहिले तल्लोतहबाटै मनोनयनमा भन्दा निर्वाचनबाट निर्णय लिदै आउनु पर्नेमा जोड दिएको छ । संक्रमणकालका लागि मनोनयनमा देउवाले जोड गर्न थालेपछि पौडेल पक्षले सभापति देउवालाई पार्टी तदर्थवादमा चलाउन खोजेको आरोप लगाउन थालेका छ । पार्टीको तल्लो तहसम्म आफनो पकड कसरी बनाउने भन्ने रणनीतिक योजनामा देउवा र पौडेल दुबै पक्ष लागेका कारण पनि काग्रेस आन्तरिक किचलोमा फसेको हो ।  भागबन्डामा सहमति बनाएर मनोनयन गर्ने हो भने तल्लो तहसम्मको पार्टी संरचनामा ६० प्रतिशत हिस्सा आफनो हुने र त्यसले तल्लो तहसम्म पार्टी आफनै पकडमा रह्ने रणनीतिमा देउवा देखिएका छन् ।

निर्वाचन वा मनोनयन भन्ने नेताहरुका बीचमा देखिएको विवादको असर पार्टी नियमावली मस्यौदा समितिमा देखिन थालेको छ । २२ असारमा काग्रेसले पार्टी केन्द्रीय समिति बैठक बोलाएको छ । उक्त बैठकले नियमावलीका विषयमा निर्णय लिने अपेक्षा गरिएको छ । सस्थापन पक्षको बहुमत रहेको नियमावली मस्यौदा समितिले मनोनयनको विकल्प सहितको मस्यौदा पार्टीमा बुझाउने तयारी गरेको छ । यसो भएमा देउवाले बहुमतको बलमा मनोनयनतिर पार्टीलाई धकेल्ने सम्भावना उत्तिकै रहेको काग्रेसभित्र चर्चा चल्न थालेको छ । 

प्रतिक्रिया दिनुहोस