चलेनन् हेमन्त राना

मंगलबार, १० असार २०७६, २२ : ५३
चलेनन् हेमन्त राना

काठमाडौँ । चलेनन् हेमन्गायक हेमन्त रानाले लामो समयपछि ‘साइँली’ गीतमार्फत गज्जबको कमब्याक गरे । नेपाली संगीतमा निष्क्रियजस्ता बनेका उनलाई एउटै गीतले फेरि पुरानो क्रेजमा फर्काइदियो । गीत भाइरल भयो । उनको व्यस्तता पनि बढ्यो । 

भर्खरै हेमन्तले ‘माया बस्यो है’ बोलको गीत सार्वजनिक गरे । तर, गीतले कमाल देखाउन सकेन । ‘साइँली’लाई जसरी दर्शकले रुचाएनन् । हेमन्तको आफ्नै शब्द, संगीत र स्वर रहेको गीतको भिडियो युट्युबमा पनि जमेको छैन ।

भिडियोमा दयाहाङ राईलाई पनि देखाइएको छ । तर, यसपटक दयाहाङले पनि हेमन्तका लागि कुनै कमाल गर्न सकेनन् । उनका धेरै फ्यानले त उनको नयाँ गीत आएको थाहासमेत पाएनन् । नयाँ पत्रीका 

प्रतिक्रिया दिनुहोस