विप्लवको नेपाल वन्द: राजधानीमा सामान्य, जिल्लातिर भने ठप्प

सफल खबर संवाददाता

मंगलबार, १० असार २०७६, ०७ : २२
विप्लवको नेपाल वन्द: राजधानीमा सामान्य, जिल्लातिर भने ठप्प

काठमाडौं । आफ्ना  सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको विरोधमा प्रतिवन्धित नेकपाले आज गरेको नेपाल वन्दले जनजीवन प्रभावित बनेको छ ।

काठमाडौं उपत्यकामा वन्दको समान्य प्रभाव परेपनि जिल्ला जिल्लामा भने वन्दको प्रभाव परेको छ ।

काठमाडौंवाट बाहिरिने सवारी सधान ठप्प देखिएको छ भने उपत्यका भित्रिने सवारीमा पनि कमी आएको छ ।

मुख्य राजमार्ग गएराती १२ बजेपछि बन्द छन् भने साना सडकमा विहानैबाट कुनै सवारी साधान चलेका छैनन् ।

बिहान ४ बजेबाट सवारी साधन चल्ने काठमाडौँका सडकमा पनि  अघिपछिका भन्दा सवारी सधानको चाप कम छ । काठमाडौंभित्र स्कुल कलेज वन्द गरिएको छ । पसलहरु भने खुलेका छन् ।

गत असार ५ गते सो पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेलको प्रहरीले गरेको हत्याको विरोधमा नेकपाले आज नेपाल बन्दका आह्वान गरेको हो । यो पूर्वघोषित कार्यक्रम हो । बन्दको पूर्वसन्ध्यामा नेकपाका कार्यकर्ताले सोमबार साँझ देशका विभिन्न स्थानहरुमा प्रहरीको आखाँ छल्दै मशाल जुलुस समेत बालेका थिए ।

पौडेल हत्या गिरफ्तारपछि गरिएको भन्दै संसदमा समेत प्रश्न उठेको छ । सोमबार मात्रै संसदको राज्यब्यवस्था समितिले गृहन्त्रालयलाई घटनाको सत्यतथ्य छानविन गर्न एक साताको निर्देशन गरेको थियो ।

वन्दको क्रममा विभिन्न स्थानहरुमा वम भेटिएको पनि प्रहरीले जनाएका छन् । बझाङ र झापासहित विभिन्न स्थानहरुमा बम भेटिएका छन् । बन्दको पूर्वसन्ध्यामा झापाको भद्रपुर स्थित भद्रपुर नगरपालिकाको कार्यालयभित्र एउटा झोलामा शंकास्पद वस्तु भेटिएको छ । प्रहरीका अनुसार नगरपालिकाका मेयरको कार्यकक्ष चढ्ने सिढीको तल कालो व्याग जस्तो शंकास्पद वस्तु फेला परेको थियो । यसैगरी बझाङको जयपृथ्वी नगरपालिका वडा नं. ३ राजकोट पाण्डुपडेसको वडा कार्यालय भवनमा पनि बम भेटिएको समाचार प्राप्त भएको छ ।


 

प्रतिक्रिया दिनुहोस