डाक्टरको गाडीको ठक्करबाट बालकको मृत्यु

शनिबार, ०७ असार २०७६, १७ : ०४
डाक्टरको गाडीको ठक्करबाट बालकको मृत्यु

पोखरा । मणिपाल शिक्षण अस्पतालका चिकित्सक विश्वदीप तिमिल्सिनाले चलाएको कारले ठक्कर दिँदा साढे ४ वर्षका बालकको ज्यान गएको छ ।
पोखरा २८ माझठाना घर भई फुलबारी बस्दै आएका ४ वर्ष वर्षका बालक संस्कार कँडेलको मृत्यु भएको हो । बालकले बाटो क्रस गर्न खोज्दा डाक्टर तिमिल्सिनाको ग ३ च ४३६ नम्बरको गाडीले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको आफन्तले बताएका छन् । बालकका बाबुआमा बिमारी रहेकी हजुरआमालाई हस्पिटलमा भेटेर फर्कने क्रममा हस्पिटल हाताभित्रै दुर्घटना भएको हो । डाक्टर तिमिल्सिना र ठक्कर दिने गाडीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस