गुठी विधेयक खारेजीको माग गर्दै राजधानीमा प्रदर्शन (भिडियोसहित)

सफल खबर संवाददाता

बुधबार, ०४ असार २०७६, १२ : २०
गुठी विधेयक खारेजीको माग गर्दै राजधानीमा  प्रदर्शन (भिडियोसहित)

काठमाडौं । गुठीयारहरुले गुठी विधेयक खारेजीको माग गर्दै राजधानीमा  प्रदर्शन गरेका छन् । काठमाडौंका विभिन्न ठाउँ असन, पाटन तथा बसन्तपुरलगायतका क्षेत्रबाट ठूलो संख्यामा आएको मानिसहरू माइतिघरको प्रदर्शनमा सहभागि भएका थिए ।  
सरकारले गुठी विद्येयक फिर्ता लिएपनि संसदबाटै फिर्ता लिनुपर्ने माग गर्दै गुठियारहरुले प्रदर्शन गरेका हुन् ।

गुठीसम्बन्धी विधेयक त्रुटिपूर्ण भएकाले यो खारेज हुनुपर्ने उनीहरुको माग छ । यही माग राखेर राजधानीको माइतीघर मण्डलामा खबरदारी सभा आयोजना गरिएको थियो। खबरदारीसभामा सहभागिहरुले ‘हाम्रो संस्कृति कसैको दाइजो होइन’, ‘सम्पदा मास्न पाइँदैन’ जस्ता नारा लगाएका थिए  । 
प्रदर्शनका कारण सडकमा सवारी आवागमन अवरुद्ध भएको छ । 


प्रतिक्रिया दिनुहोस