पाँच कक्षा नकट्दै प्रेममा पर्ने केटीको विषयमा ग्याङ फाइट, काठमाडौंमा एक जनाको मृत्यु

विहीबार, ३० जेठ २०७६, १३ : ५५
पाँच कक्षा नकट्दै प्रेममा पर्ने केटीको विषयमा ग्याङ फाइट, काठमाडौंमा एक जनाको मृत्यु

काठमाडौं । त्यसै भनिएको होइन ‘हुलमुलमा जिउ जोगाउनु, अनिकालमा बीउ जोगाउनु’ । कराँते सिकेको, ब्ल्याक बेल्टवाला भनेर के गर्नु ? दुईपक्षीय हुलमुलमा पर्दा अघिल्लो साता एक युवकको अनाहकमा प्राणपखेरु उडेको छ । बाँकी साथीहरू नख्खु कारागारको चिसो सिँढीमा थन्क्याइएका छन् । 

प्रसंग हो, ललितपुर पुल्चोकको छुरी काण्डको । अहिलेका बच्चा उम्रन नपाई तीनपाते । ५ कक्षा पढ्दैदेखि ब्वाईफ्रेण्ड/गर्लफ्रेण्ड बनाउने र बर्सेनि फेर्ने । यस्तै जब्बर भएर निस्किइन् मनीषा शाक्य (नाम परिवर्तन) । 

मीनभवनस्थित क्यारिबिएन कलेजबाट प्लस टु सकाएर फुर्सदिलो रहेकी । तर, प्यारको मामलामा कमजोर उनी ५ कक्षा पढ्दादेखि नै चक्करमा परिन् । पहिलो प्रेमी रोजिन् अभिषेक शाही । यो प्रेम तीन वर्ष पनि टिकेन । मायाको डेरा सारिन् किसन तामाङतिर । जो सँगै पढ्थे । यता, आफ्नो प्रेयसी खोसेर लगेको प्रतिशोध थियो अभिषेकहरूलाई । मात्र थिए, प्रतिशोध साँध्ने समयको प्रतीक्षामा । साइत जु¥यो गत साता । हातपातै गर्नुपर्ने घटना भएको केही थिएन । प्रेमिका खोसेको हिसाब–किताब मात्र चुक्ता गर्नु थियो । अघिल्लो दिन उनैको समूहले किसनको बाइकको लुकिङ ग्लास फुटाइदियो । र, त्यही निहुँमा भोलिपल्ट हातपातको स्थिति आयो ।

आखिर सानै हुन्छ भmगडा र आगोको बीउ । यही विषयले यति उग्ररूप लियो कि ग्याङ फाइटकै स्थिति आयो । यही निहुँमा सेन्ट जेभियर्सअगाडि गल्लीमा अभिषेक र किसनको हानाहान भयो । यही घानमा मिसिन आएका थिए अनशल शाक्य जो कराँतेको ब्ल्याक बेल्टवाला, साथी हुन् अभिषेकको । उनले कराँतेको काँटा देखाउँदै थिए । तर, कृष्ण तामाङहरूले अगाडि र पछाडिबाट छुरा धसे । अगाडिबाट हानेको छुरी मुटुको छेउबाट र पछाडिबाट हानेको छुरा ढाडबाट छि¥यो । ऐøया आत्थो भन्न नपाई प्राणपखेरु उड्यो । यसरी छुरी हान्ने ग्याङचाहिँ टेकुको थियो । छुरी खाएर ज्यान जाने अनशल मंगलबजारका हुन् । यही प्रकरणमा परी आइतबार कर्तव्य ज्यान मुद्दाअन्तर्गत  नख्खु जेल चलान भएका छन् । - जनआस्थाबाट साप्ताहिक

प्रतिक्रिया दिनुहोस