छोरीलाई जबर्जस्ती करणी गर्ने मन्त्रालयका उपसचिव पक्राउ

मंगलबार, २८ जेठ २०७६, १४ : २८
छोरीलाई जबर्जस्ती करणी गर्ने मन्त्रालयका उपसचिव पक्राउ

ललितपुर । छोरीलाई जबर्जस्ती करणी गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाश्रय यादवलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले १८ वर्षीया छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो । 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा महोत्तरी सोनमा गाविस–५ घर भई हाल ललितपुर धोबीघाट बस्दै आएका ४५ वर्षीय यादवले १८ वर्षीया छोरीलाई बारम्बार जर्बजस्ती करणी गरेको खुल्न आएको छ । 

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले घरको तेस्रो तल्लाको कोठामा यादवले विदेशतिर छोरीलाई करणी गर्छन् नेपालमा पनि गर्दा केही हुँदैन भन्दै छोरीलाई करणी गर्दै आएको अनुसन्धानबाट खुल्न आएको छ ।  घरमा कोही नभएको मौकामा यादवले छोरीलाई जबर्जस्ती गर्दै आएका प्रहरीको भनाइ छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यादवले छोरीलाई डरधम्की देखाई करणी गर्दै आएको प्रहरीले जानकारी दिएको छ । १२ कक्षामा अध्ययनरत छोरीलाई बाबुले विगत ३\४ वर्षदेखि करणी गर्दै आएको प्रहरीले जानकारी दिएको छ । 

पहिलो छोरीको आमाले घटनाबारे सत्यतथ्य लुकाएर राखेपनि पछि आमा र ती किशोरीले सो घटना बाहिर ल्याएका हुन् । किशोरीले गत जेठ १९ गते बाबुले आफूलाई जर्बजस्तीकरणी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि यादवलाई घरबाटै सोमबार दिउँसो पक्राउ गरिएको एसएसपी धानुकले पुष्टि गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस