काठमाडौँ । जानकी मन्दिरको नाममा नेपालमा रहेका जग्गा अतिक्रमणमा परेको घटना सार्वजनिक भएसँगै मन्दिरको नाममा भारतमा रहेको जग्गासमेत गायब भएको पाइएको छ ।
जानकी मन्दिरको नाममा भारतको मोहनपुरमा रहेको १५१ बिघा जग्गा गायब भएको प्रमाण राजधानीलाई प्राप्त भएको छ । तर त्यो जग्गाको वस्तुस्थितिबारे सरोकारवाला सरकारी निकाय बेखबर छन् ।
सम्बन्धित निकायले छानबिन गरी यसको यथार्थता पत्ता लगाउन नसक्दा जग्गाको अवस्थाबारे पत्ता लाग्न नसकेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १८ जेठ २०७६, ०७ : ०३
लेखकबाट थप