जुम्ला । धान फल्ने विश्वकै अग्लो ठाउँ भनेर चिनिन्छ, छुमचौर । पाताराशि गाउँपालिकाको यो गाउँमा काली मार्सी धान उत्पादन हुन्छ । यार्सा टिप्ने र धान रोप्ने समय सँगसँगै पर्दा पछिल्लो समय धान खेत बाँझै रहन्थ्यो ।
यसले काली मार्सी धानै लोप हुने अवस्था आयो । गाउँपालिकाले उपाय निकाल्यो–किसानका लागि प्रोत्साहन कार्यक्रम । एक दशकपछि यसपालि छुमचौर ज्युलो ९फाँट० मा काली मार्सी धान रोपिएको छ ।
धान खेतीमा धेरै मेहेनत गर्नुपर्ने तर उत्पादन कम हुने भएकाले पनि किसानले रोपाइँ गर्न छोडेका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १७ जेठ २०७६, ०६ : ५९
लेखकबाट थप