रक्सीको मातमा शिक्षकद्वारा छात्रामाथि अनैतिक क्रियाकलाप

पत्रपत्रिकाबाट

विहीबार, १६ जेठ २०७६, ०७ : ४४
रक्सीको मातमा शिक्षकद्वारा छात्रामाथि अनैतिक क्रियाकलाप

काठमाडौं । घटनाको ६ दिनसम्म पनि उनको अनुहारमा उज्यालो देखिदैँनथ्यो । ओठ कलेटी परेको थियो । त्यो कालरात्रीले उनीहरुलाई समय समयमा झस्काइरहन्छ ।
विद्यालय पोसाकमै जिल्ला प्रहरी कार्यालय आइपुगेका जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका –२ कालीदेवि माथि घर्तिछाप कुपिन्टारका छात्राहरुले शिक्षकद्वयले गरेको यौन हर्कतको सविस्तार बयान गरे । 

जिल्ला प्रहरी कार्यालयमा विद्यालयका प्रधानध्यापकसहित विद्यार्थी र उनका आफन्तहरुका भीढ जुलुस जस्तै देखिन्थ्यो । 
‘अनुसन्धानका लागि पीडित छात्रालाई सेफ हाउस र आरोपित शिक्षकलाई हिरासतमा राखेका छौँ ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा मोतीराम तिमल्सिनाले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस