चुरोट र मदिरामा मात्र होइन, पेट्रोलियम, खाद्यपदार्थ तथा सिमेन्ट र रडको पनि मूल्यवृद्धि

पत्रपत्रिकाबाट

विहीबार, १६ जेठ २०७६, ०६ : ४५
चुरोट र मदिरामा मात्र होइन, पेट्रोलियम, खाद्यपदार्थ तथा सिमेन्ट र रडको पनि मूल्यवृद्धि

काठमाडौँ । बजेटले पेट्रोल, डिजेलबाट पूर्वाधार करबापत थप एक रुपैयाँ उठाउने नीति लिएको छ । हाल यो शीर्षक (सडक मर्मतसम्भार कर) अन्तर्गत पेट्रोलबाट चार रुपैयाँ र डिजेलबाट दुई रुपैयाँ प्रतिलिटर असुल हुँदै आएको छ ।

१ साउनदेखि पेट्रोलबाट पाँच रुपैयाँ र डिजेलबाट तीन रुपैयाँ कर उठाउन सुरु हुनेछ ।

मदिरामा औसत १० प्रतिशतका दरले अन्तःशुल्क बढाइएको छ । सुर्तीजन्य पदार्थको अन्तःशुल्कमा १२ प्रतिशत वृद्धि भएको छ । 

फलफूल जुस र ड्राइफुड तथा जंकफुडमा अन्तःशुल्क र भन्सार वृद्धि भएको छ । सिमेन्ट  फलामे डन्डीमा पनि १० प्रतिशत अन्तःशुल्क बढाइएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस