दूध निर्देशिका कडाइका साथ पालना गराउने पक्षमा विभाग

अब पनि टुप्पी बाँधेर पोको पारेर दूध र दुग्धजन्य वस्तु बिक्री गरे खाद्य ऐन अन्तर्गत कारवाही हुने

प्रकाश सिग्देल

शनिबार, ११ जेठ २०७६, १९ : २४
दूध निर्देशिका कडाइका साथ पालना गराउने पक्षमा विभाग

चितवन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुध तथा दुग्ध जन्य पदार्थको स्वच्छता एव्म गुणस्तर  निर्देशिका २०७५ कडाइका साथ पालना गराउने भएको छ । विभागका महानिर्देशक सन्जिव कुमार कर्नले सरकारले तयार पारेको निर्देशिका लागु समेत भएको र अब निर्देशिकाको कडाइका साथ लागु गर्ने पक्षमा आफुहरु रहेको जानकारी दिनुभयो । दुध, पानी र तेलको निर्देशिका नहँुदा यिनीहरुको स्वच्छतामा समस्या आएको र मानिसले हरेक क्षण प्रयोग गर्ने  यी वस्तुको गुणस्तर नहुँदा उपभोत्ताले गुणस्तर हिन पानी, तेल र दुध खान बाध्य भएको उपभोक्ता अधिकार कर्मीबाट विगतमा व्यापक गुनासा विभागमा परेपछि विभागले नियमनका लागि निर्देशिका तयार पारेको हो । विभागका अनुसार पानि निर्देशिका अहिले पूर्ण रुपमा लागु भएको छ भने लागु नगर्ने उद्योगहरु बन्द भएका छन् ।

त्यस्तै तेल निर्देशिका पनि डाफ्ट भएको र केही समय भित्रैमा त्यो पनि पारित भएर लागु हुने तयारीमा रहेको बताइएको छ । त्यस्तै चैत्र ४ गतेबाट दुध निर्देशिका पनि लागु भएकाले अब दुध निर्देशिका कडाइका साथ पालना गराउने पक्षमा विभाग रहेको र विभाग मातहतका सबै निकायमा कडाइका साथ पालना गराउन निर्देशन भएको बताइएको छ । निर्देशिकाका विषयमा जानकारी प्रदान गर्न चितवनको नारायणगढमा दुग्ध उत्पादक किसान, सहकारी सञ्चालक र डेरी उद्यमीको सहभागितामा पानी, तेल र दुध तथा दुग्ध जन्य पदार्थको स्वच्छता सम्बन्धी उपभोक्ता भेला समेत भएको थियो । भेलामा दुध निर्देशिकाले साना व्यवसायीलाई समस्या हुने र त्यो कार्यान्वयनमा आए साना व्यवसायी विस्थापित हुने भन्दै व्यवसायीहरुले अहिलेको अवस्थामा निर्देशिका पालना गर्न नसकिने बताएका थिए । कार्यक्रममा उनीहरुले कृषक तथा व्यवसायीलाई राज्यले हतोत्साही बनाउने निर्देशिका ल्याएको भन्दै आक्रोष पोखे ।  कार्यक्रममा बोल्दै स्थानीय दुग्ध किसान युवराज भण्डारीले दुध तथा दुग्ध पदार्थ निर्देशिका किसानको घांँटी निमोठ्न ल्याएको भन्दै यसलाई सुधार्नु पर्ने बताए । हामीले उत्पादन गरेको दुधको मापदण्ड बनाउने,  तर दानाको गुणस्तरमा ध्यान नदिने भन्दै उहाँले दाना गुणस्तरको नभएसम्म दुध चाहेजस्तो गुणस्तरको उत्पादन नहुने बताउनु भयोे ।

सरकारले तयार पारेको निर्देशिका कार्यान्वयनको विकल्प नभएको र अब जति विराध भएपनि निर्देशिका कार्यान्वयन भर्ई छाड्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख विक्कि राउतले बताउनु भयो ।  निदेशिका नहुँदा समस्या व्यप्त भएको र अब निर्देशिका लागु भएपछि दुध र दुग्ध जन्य पदार्थमा देखिएका सबै समस्या समाधान हुने राउत बताउनु हुन्छ । उहाँका अनुसार दुध चिस्यान केन्द्र, दुग्ध उत्पादक सहकारी संस्था र दुध संकलन केन्द्रले अब खाद्य अनुज्ञा पत्र लिएर राज्यले जारी गरेको खाद्य स्वच्छता र गुणस्तरको प्रतिवद्धता पुर्ण रुपमा पालना गरी सन्चालन गर्नु पर्ने छ  भने साना डेरीहरु स्थानिय तहमा अनिवार्य दर्ता हुनुपर्र्ने, राज्यले निधारण गरेको न्युनतम गुणस्तर पुरा गर्नु पर्ने, पुर्ण लेवल हालेर र  पुर्ण शिल गरेर दुध बेच्नु पर्ने, ढुवानीमा स्टेनलेस स्टीलको प्रयोग गर्नु पर्ने लगायतका दुध निर्देशिकाको ४ बुदा अनिवार्य पालना गर्नु पर्ने छ ।

अब पनि निर्देशिका मान्दिन भनेर टुप्पि बाँधेर, पोको पारेर दुध र दुग्ध जन्य उत्पादन बेच्ने काम भए कारवाही गरिने उहाँको भनाइ छ । व्यवसायीले यसको विराध गर्नु भन्दा पनि विस्तारै विस्तारै सुधार्दै जानु पर्ने उहाँ बताउनु हुन्छ  । 

सरोकारवालाहरुसँग छलफल गरी निर्देशिकाको बारेमा जानकारी गराएको र अब नियमित जसो अनुगमन गर्ने र अनुगमन गर्दा अटेर गरी निर्देशिका पालना नगरेको पाइए खाद्य ऐन अन्तर्गत जरिवना हुने उहाँले बताउनु भयो । पूर्ण रुपमा शिल भएका, लेवल लागेका, स्वच्छताको ज्ञारेन्टी भएका वस्तु उपभोग गर्न पाउने उपभोत्ताको अधिकार भएकाले उपभोक्ताको अधिकारमाथि खेलवाड गर्ने अधिकार कसैमाथि नभएको बताउँदै राउतले पुर्ण रुपमा शिल भएका र लेवल भएका दुध र दुग्ध जन्य वस्तुको सेवन गर्न आग्रह गर्नु भयो ।  चितवन दुध उत्पादनको राम्रो क्षेत्र भएकाले व्यवस्तित तवरबाट व्यवसाय गर्न उहाँको आग्रह छ । राम्रो गर्ने व्यवसायीलाई आफूहरुका सधैं साथ रहने राउतले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस