यसरी मनाइँदैछ चितवनमा गणतन्त्र दिवस

सफल खबर संवाददाता

शुक्रबार, १० जेठ २०७६, १५ : ३६
यसरी मनाइँदैछ चितवनमा गणतन्त्र दिवस

चितवन । चितवनमा पनि गणतन्त्र दिवस मनाइने भएको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालयमा बसेको वैठकले गणतन्त्र दिवस, २०७६ मनाउने निर्णय गरेको हो । जसका लागि ५५१ सदस्यीय मूल समारोह समिति गठन गर्ने निर्णय गरिएको छ ।

जेठ १४, १५ र १६ गते विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय गरिएको हो । तीन दिनको साझा कार्यक्रमको रुपमा साँझ दीपावली गर्ने भनिएको छ । जेठ १४ गते जिल्ला स्थित सवै सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराउने, विहान ७ः०० देखि ८ः०० सम्म भरतपुर महानगरपालिकाको संयोजकत्वमा गेष्ट हाउस चौरदेखि भरतपुर अस्पतालसम्म सरसफाई गर्ने, प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको अगुवाईमा सडक सुरक्षासम्बन्धी कार्यक्रम आयोजना गर्ने,  शिक्षा विकास तथा समन्वय इकाइ र भरतपुर महानगरपालिका शिक्षा शाखाद्वारा संयुक्तरुपमा भरतपुर महानगरपालिका स्तरीय वक्तृत्वकला कार्यक्रम आयोजना गर्ने र साँझ दीपावली गर्ने निर्णय भएको छ । 

त्यस्तै गणतन्त्र दिवसको दिन जेठ १५ गते विहान ७ः०० वजे सवै संघ संस्थाहरु व्यानरसहित चौविसकोठीमा जम्मा भई प्रभातफेरी कार्यक्रम गर्ने, प्रभातफेरी कार्यक्रम गेष्टहाउस चौरमा गएर अन्त्य हुने र औपचारिक कार्यक्रम शुरु हुने, वक्तृत्वकलामा विजयी प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई पुरस्कार वितरण, सोही दिन कारागार कार्यालय, चितवनका महिला कैदी बन्दीलाई फलफूल वितरण गर्ने र साँझ दीपावली गर्ने कार्यक्रम तय भएको छ । १६ गते विहान ८ः०० वजे चौविसकोठी चौतारीमा नेपाल रेडक्रस, चितवन शाखाद्वारा रक्तदान कार्यक्रम गर्ने, यसै दिन आ–आफ्नो कार्यालय परिसरमा वृक्षारोपण (फलफूलका विरुवा ) गर्ने, साँझ दिपावली गर्ने निर्णय भएको छ । 


 

प्रतिक्रिया दिनुहोस