समानताको लडाई : छोरा र छोरी अझै भएनन् बराबर

उर्गेन तामाङ

विहीबार, ०९ जेठ २०७६, १८ : ०२
समानताको लडाई : छोरा र छोरी अझै भएनन् बराबर

- उर्गेन तामाङ
नेपाली समाज पछिल्लो समय बिस्तारै खुल्दै गईरहेको छ । धार्मिक, साँस्कृतिक, सामाजिक लगायत विभिन्न परम्परागत मूल्य, मान्यताले जकडिएको नेपाली समाज समयक्रमसँगै परिवर्तन हुँदै गइरहेको छ । चेतना बढ्दै जाँदा विभेदमा परेकाहरु आप्mना हक अधिकारका लागि बोल्न थालेका छन् । सोच परिवर्तन हुँदा सिंगो समाज नै परम्परागतबाट आधुनिक समाजमा रुपान्तरित हुँदै गइरहेको छ । 
केहि समयअघिसम्म नेपाली समाजलाई पुरुष प्रधान समाजका रुपमा लिने गरीन्थ्यो । जहाँ हरेक काम, हरेक निर्णय गर्ने अधिकार छोरा मान्छेमा सिमित थियो भने छोरी मान्छेलाई चुलो चौकामै सिमित गरीन्थ्यो । जतिवेला छारीमान्छेले घर बाहिर जाँनु राम्रो मानिदैनथियो । अहिले ‘पोथी बासेको राम्रो हुँदैन’ भन्ने जस्ता छोरी मान्छेलाई खिल्ली उडाउने कपोकल्पीत उखान टुक्कालाई समाजले पचाउन छाडेको छ । महिलाले अहिले घरदेखि, काम गर्ने स्थान हुँदै सरकारी तथा गैरसरकारी जुनसुकै संघ संथामा पुरुषको बराबरीको हैसियत बनाईसकेका छन । अधिकांस स्थानमा कुसल नेतृत्वको उदाहरण पनि दिईसकेका छन । 
कुनैबेला श्रीमानको निधन हुँदा श्रीमतीले सँगै सति जानुपर्छ भन्ने मान्यता राख्ने यहि नेपाली समाज परिवर्तन हुँदै विधुवाले पनि अर्को विहे गर्ने र बुबा आमाको मृत्यु हुँदा छोराले मात्रै किरिया बस्नुपर्छ भन्ने मान्यताबाट माथि उठिसकेको छ । पछिल्ला समय बुबाको किरियामा छोरा नहुँदा छोरी किरियापुत्रि बसेको खवरहरुलाई मिडिया लगायत सामाजीक सञ्जालले निक्कै स्थान दिएको पाईन्छ । यस्लाई सवैले समाज परिवर्तनको उदाहरणका रुपमा लिनेगरेका छन । 
केहि दिन अघि मात्रै चितवनको भरतपुर महानगरपालिका ३ बाह्रघरे बेलचोककी १९ वर्षीय अनुजा श्रेष्ठ बुबा दुर्गा ब श्रेष्ठको निधनपछि किरियापुत्रि बसीन । विरामी दुर्गा बहादुरको उपचारकै क्रममा गत वैशाख १७ गत्ते निधन भएको थियो । अनुजा आप्mनो दाजुभाई नभएकाले किरियापुत्रि बसिन् । परिवारका कान्छि छोरी उनले मृत्य संस्कारमा छोराले गर्ने दागवत्ति दिनेदेखि अन्य धार्मिक, साँस्कृतिक तथा परम्परागत सवै विधि अनुसार कर्मकाण्ड पनि सम्पन्न गरे । 
अनुजासँगै उनकी आमा सर्मिला पनि किरियापुत्रि बसिन् । ‘यसअघि परिवारमा छोरा हुँदा नजिकका भाई भाईका छोरालाई बोलाएर भए पनि किरियापुत्रि राख्ने तथा सवै धार्मिक काम गर्नुपर्ने बाध्यता रहेको थियो । तर छोरी अनुजाले बुबाको सवै कर्म गर्छु भनेपछि उनि आफैले बुबाको मृत्यु कर्म गरीन, समाजले पनि सहर्स स्विका¥यो’ अनुजाकी आमा सर्मिलाले भनिन । यो एउटा उदाहरण मात्रै हो । 
समाजमा छोराले बाहेक गर्नुहुँदैन भन्ने मुल्यमान्यतालाई तोड्दै परिस्थिति अनुसार सवै जिम्मेवारी फत्ते गरेर छोराछोरी बराबर हुन भन्ने कयन उदाहरणहरु प्रस्तुत गरिसकेका छन । तर अझै पनि छोरीलाई अधिकांश जिम्मेवारी दिने वा लिने सन्दर्भमा छोरा नभएको अवस्थामा मात्रै विकल्पका रुपमा राखिने गरेको पाईन्छ । अहिलेसम्म हामिले छोरा नभएपछि छोरी किरियापुत्रि बसिन अथवा छोरीले दागवत्ति दिईन जस्ता खवरहरु मात्रै सुन्दै, देख्दै आएका छौँ । विगतलाई हेर्दा यहाँसम्म आईपुग्नु पनि ठुलै उपलव्धीका रुपमा लिनसकिन्छ । तर छोराछोरी बराबर हुन भन्नका लागि अब यतिले मात्रै पुग्नै पुग्दैन । समाज यो भन्दा उद्धार बन्न आवश्यक छ । 
अथवा यतिलाई नै बराबर मान्नु भनेको कुनै कार्यालयको प्रमुख र उपप्रमुखलाई बराबरी मान्नु सरह हो । प्रमुख नुहँदा कार्यकारी अधिकार दिईएको अवस्थामा मात्रै उपप्रमुखले प्रमुखको जिम्मेवारी पुरा गर्न पाउछ । त्यो पनि सिमित । छोरा नहुँदा मात्रै छोरीलाई विकल्पका रुपमा जिम्मेवारी दिईन्छ वा बहन गरीन्छ । छोरीलाई छोराको विकल्पमा राखेर कसरी भयो बराबर ? छोरा प्रमुख र छोरी उपप्रमुखको अवस्थामा रहेनन र ? यो प्रश्न वर्तमान नेपाली समाजलाई तेर्सीएको छ यतिवेला । 
गर्ने नगर्ने, सक्ने नसक्ने भन्ने विषय स्वयम व्यक्तिको योग्यता, क्षमताले निर्धारण गरोस नकी कुनै मान्यतले । अब धार्मिक, सांँस्कृतिक परम्परागत रुपमा छोराछोरी बराबर हुन भन्नका लागि छोराको हरेक जिम्मेवारी छोरीले छोरा हुँदा पनि पाउनुपर्छ, गर्नुपर्छ । जस्तो कि छोरा नहुँदा मात्रै छोरीले किरियापुत्रि बस्ने नभई छोरा भएको अवस्थामा पनि छोरीले बस्नुपर्छ, गर्नुपर्छ । 
छोराको विकल्पका रुपमा हेरिने धारणा परिवर्तनका लागि स्वयम छेरीहरुनै अघि बढ्न आवश्यक छ । अनिमात्र आमाका नामबाट नागरीकता, दाईजोप्रथा लगायत अन्य थुप्रै छोरी भन्दा छोरा प्रधान भन्ने अध्यायको एउटा खण्ड समाप्त भई बराबर हुन भन्ने मान्यता स्थापित हुनसक्छ । 

प्रतिक्रिया दिनुहोस