उद्योगमन्त्री यादव र कर्मचारीहरुबीच मन्त्रालयमा धकेला धकेल

बुधबार, ०१ जेठ २०७६, १८ : २१
उद्योगमन्त्री यादव र कर्मचारीहरुबीच मन्त्रालयमा धकेला धकेल

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव र कर्मचारीहरुबीच मन्त्रालयमा  धकेला धकेल भएको छ । 
बुधबार मन्त्रालयमा कर्मचारी सरुवाको विषयमा कुरा गर्न गएका नेपाली काँग्रेस निकट निजामती कर्मचारी युनियनका नेताहरु र मन्त्री यादवबीच तनाव भएपछि धकेला धकेलको अवस्था सिर्जना भएको निजामती कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीले बताए । 
आर्थिक चलखेलबाट उद्योग विभागमा कर्मचारी सरुवा गरेको भन्दै त्यसबारे कुरा गर्न जाँदा मन्त्रीले कठालो समातेको अधिकारीको आरोप छ ।

उनले भने– ‘आर्थिक चलखेल गरेर उद्योग विभागमा कर्मचारी किन पदस्थापना गरेको भनेर मन्त्रीको स्वकीय सचिव प्रेम प्रसाद आर्चायसँग कुरा गर्न जाँदा मन्त्रीजीले बरण्डामै आएर हातपात प्रयास गर्नुभयो ।’ 
यसबारे मन्त्री यादवसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । 

प्रतिक्रिया दिनुहोस