- प्रत्यक्ष तर्फको मतगणना सकेपनि समानुपातिक मत गन्न अझै कम्तीमा २ दिन ।
- दुबै तर्फको सबै मत गणना सकेपछि समानुपातिक सिट बाँडफाँट गर्न निर्वाचन आयोगलाई थप २ दिन ।
- निर्वाचन आयोगले ३ प्रतिशत थ्रेसहोल्ड कटाउने दललाई उसले प्राप्त गर्ने सिट संख्या र समावेसी क्लस्टर समेत तोकेर बन्दसूचीबाट बिजयी उम्मेद्वार छान्न संभवतः ७ दिन दिनसक्ने । (बिगतको अभ्यास)
- दलहरुबाट प्राप्त निर्णय र नामावली जाँचगरी समानूपातिक उम्मेदवारलाई बिजयी घोषणा गर्न र समग्र प्रतिवेदन तयार गर्न निर्वाचन आयोगलाई कम्तीमा थप २ दिन ।
- प्रत्यक्ष र समानुपातिक तर्फबाट बिजयी सदस्यहरुको नामवाली सहितको प्रतिवेदन आयोगले राष्ट्रपति समक्ष पेश गर्न १ दिन ।
- त्यसपछि बल्ल रास्ट्रपतिबाट नयाँ प्रधानमन्त्री नियुक्ति गर्ने बाटो खुल्ला ।
( तर नयाँ प्रधानमन्त्री दाबी गर्ने बहुमत प्राप्त दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री दाबी गर्नु अघि नै आफनो संसदीय दल नेता (बालेन शाहलाई) चयन गरिसक्नु पर्नेछ । त्यसपछि मात्रै प्रधानमन्त्री दाबी गर्न सक्नेछन् ।)
यस हिसाबले कम्तीमा १४ दिन ( दुई साता) अझै नयाँ प्रधानमन्त्री नियुक्त हुन समय लाग्ने देखिन्छ ।
अर्थात चैत १० सम्म नयाँ प्रधानमन्त्री नियुक्त हुन लाग्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ फागुन २०८२, १३ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ सरकारसँग युवाको अपेक्षा: सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी
मधेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदै
मधेशमा नयाँ सरकार गठनका लागि आह्वान
मधेशमा नयाँ सरकारका लागि दाबी पेश
बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आव्हान