रुपन्देहीमा महालक्ष्मी विकास बैंकको दुई नयाँ शाखा उद्घाटन

मंगलबार, ३१ बैशाख २०७६, १८ : ३७
रुपन्देहीमा महालक्ष्मी विकास बैंकको दुई नयाँ शाखा उद्घाटन

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले रुपन्देहीमा दुई नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले रोहिणी गाउँपालिका– ३, स्थित धकधई शाखा तथा ओम सतीया गाउँपालिका– १, स्थित ठुटी पिपल शाखाको क्रमशः वैशाख ३० र ३१ गते औपचारिक उद्घाटन गरेको हो । धकधई शाखाको उद्घाटन रोहिणी गाउँपालिकाका अध्यक्ष सञ्जय कुमार यादवले गर्नुभएको थियो भने ठुटी पिपल शाखाको उद्घाटन ओम सतीया गाउँपालिकाका अध्यक्ष हिराकेवट रावलले गर्नुभएको थियो । 
बैँकका नायव प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले सो समारोहमा अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गर्दै  उहाँले शाखा क्षेत्रमा बैकिङ्ग कारोबार लगायत स्थानीय हितका संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका अझ प्रभावकारी कार्यक्रमहरु गर्ने जानकारी गराउनु भयोे । साथै उहाँले कार्यक्रममा बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । 
देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ९३ वटा शाखा तथा ३५ वटा एटिएममार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या ४ लाख ४० हजार भन्दाबढी रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस