ग्रामीण भेगमा क्यान्सर शिविर र ह्विलचियर वितरण

सफल खबर संवाददाता

आइतबार, २९ बैशाख २०७६, १७ : २१
ग्रामीण भेगमा क्यान्सर शिविर र ह्विलचियर वितरण

चितवन । भरतपुर महानगरपालिका वडा नं २५ मा आज क्यान्सरको शिविर आयोजना गरिएको छ । भरतपुर महानगरपालिका वडा नं २५ र क्यान्सर सोसाइटी नेपालको संयुक्त आयोजनामा पाठेघर तथा स्तन क्यान्सरको परीक्षण भएको हो । कार्यक्रममा एक सयभन्दा महिलाहरुले पाठेघर तथा स्तन परीक्षण गराएका थिए । केहीलाई थप परीक्षणको लागि क्यान्सर अस्पताल पठाइएको छ । 
औपचारिक कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख प्रधुम्न उपाध्यायले यस्ता शिविर तथा जनचेतना कार्यक्रमले समाजमा जागरण ल्याउने बताउनुभयो । उहाँले स्वास्थ्य नै धन भएको बताउँदै यस्ता स्वास्थ्य शिविरबाट स्वास्थ्यसम्बन्धी धेरै फाइदा हुने बताउनुभयो । 
कार्यक्रम सभाध्यक्ष तथा भरतपुर २५ का वडाध्यक्ष विजयकुमार भुजेलले सबैको साथ र सहयोगबाट वडामा यस्तो शिविर राख्न सफल भइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘वडा कार्यालयले फेरिफेरि यस्ता कार्यक्रमहरु राखिरहने, यसको भरपुर वडावासीले सदुपयोग गर्न जरुरी छ ।’

कार्यक्रममा क्यान्सर प्रिभेन्सन कन्ट्रोल एण्ड रिसर्च प्रमुख भोला सिवाकोटीले क्यान्सर रोग लाग्ने कारणहरुबारे बताउनुभएको थियो । कार्यक्रममा क्यान्सर सोसाइटी नेपालका अध्यक्ष रामनाथ मैनाली, लायन्स क्लब अफ काठमाडौँ हाइभिजनका अध्यक्ष सीताराम भट्ट, स्वास्थ्य तथा सामाजिक विकास महाशाखा उपुसचिव शान्ता अधिकारीलगायतले मन्तव्य दिएका थिए । 
कार्यक्रममा राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाज अनामनगरको सहयोगमा ११ जनालाई ह्विलचियर वितरण गरिएको थियो । ३ जनालाई अपाङ सहायता कोष भृकुटीमण्डप काठमाडौँले सहायक सामग्री प्रस्तुत गरेको थियो । 
कार्यक्रमको सहयोगी संस्थाहरुमा लायन्स क्लब हाइभिजन वीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर, उत्पीडित जागरण अभियान समाज, समाज कल्याण परिषद् राष्ट्रिय अपाङ्ग कोष, एनआरएसडी, एक्टिभ नेपाल, महिला एकल महिला अपाङ्ग, नेपाल रेडक्रस सोसाइटी उपशाखा शुक्रनगर रहेका थिए । 

प्रतिक्रिया दिनुहोस