सकियो सडक सुरक्षा सप्ताह : सचेत बन्न आग्रह

सफल खबर संवाददाता

आइतबार, २९ बैशाख २०७६, १६ : ५०
सकियो सडक सुरक्षा सप्ताह : सचेत बन्न आग्रह

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दुर्घटना न्यूनीकरणका लागि सञ्चालन गरेको सडक सुरक्षा सप्ताह सकिएको छ । 
‘सुरक्षित यात्रा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी आज समापन गरिएको हो । समापन कार्यक्रममा उपस्थित व्यक्तिहरुले सामुहिक रुपमा ट्राफिक नियम पालना गर्ने प्रतिवद्धता पनि जनाएका थिए । 
जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले धेरैजसो दुर्घटना मानवीय गल्तीले हुने गरेकाले दुर्घटना न्यूनीकरणमा परिवारका सदस्यहरु र शिक्षकको महत्वपूर्ण भूमिका रहने बताए । उनले परिवारका बुबा, आमा तथा विद्यालयमा शिक्षकले गर्ने आग्रह र निर्देशन सबैले मान्ने भएकाले सोही अनुसार भूमिका निर्वाह गर्न आग्रह गरे । 
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सडक दुर्घटना कुनै यात्रुको, सडकको मात्र नभई सिंगो समाजको विषय भएकोले व्यक्ति, परिवार, समाजहुँदै सिंगो देश ट्राफिक नियमबारे सचेत हुनु पर्नेमा जोड दिए । उनले हरेक चालकले परिवार, आफन्त सम्झेर जिम्मेवार बनेर सवारी चलाए दुर्घटना धेरै कम हुने विश्वास व्यक्त गरे । 
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले आफूले गर्ने लापरबाहीले आफैलाई दुर्घटनामा पार्ने भएकोले सबै सचेत भएर सवारी चलाउनु पर्ने बताए । उनले भने, ‘हरेक चालकलाई ट्राफिक नियम थाहा छ तर पनि छिटो पुग्ने हतारो लगायत विभिन्न कारणले नियम विपरीत चलाउने गर्छन्, त्यसले अरुलाई पनि समस्यामा पार्छ ।’ 
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले महानगरमा अब बन्ने सडक लगायत भौतिक संरचना यात्राका लागि सुरक्षित बनाउनु पर्नेमा जोड दिए । साईकल लेन, फुटपाथ अपांगमैत्री बन्नु पर्ने बताउँदै साईकललाई प्रोत्साहत दिने कार्यक्रम ल्याउन सके दुर्घटना कम हुने उनको भनाई छ । सडक सुरक्षाले स्मार्ट सिटी निर्माणमा पनि टेवा पुग्ने उनले बताए । 
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक चन्द्रकुमार गिरीले दुर्घटनाको दर शुन्यमा पु¥याउन नसके पनि घटाउन सबै आआप्mनो स्थानबाट लाग्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस