महालक्ष्मी विकास बैंकद्वारा यात्रु प्रतिक्षालय निर्माण

सफल खबर संवाददाता

आइतबार, १५ बैशाख २०७६, १८ : २३
महालक्ष्मी विकास बैंकद्वारा यात्रु प्रतिक्षालय निर्माण

मकवानपुर । महालक्ष्मी विकास बैंक लिमिटेडको पालुङ शाखाले मकवानपुरको थाहा नगरपालिका वडा नं २ मा यात्रु प्रतिक्षालय निर्माण गरेको छ ।  
उक्त प्रतिक्षालयको उद्घाटन यही बैशाख ९ गते थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले गर्नु भएको थियो । 
बैकले उक्त प्रतिक्षालयले धेरै भन्दा धेरै यात्रुहरुलाई लाभ दिने अपेक्षा गरेको छ र आगामी दिनहरुमा पनि स्थानीय हितका लागि अझ प्रभावकारी कार्यहरु गर्ने प्रतिबद्धता जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस