सन्दीप लामिछाने इमर्जिङ खेलाडीको मनोनयनमा

सफल खबर संवाददाता

मंगलबार, ०३ बैशाख २०७६, १८ : ५७
सन्दीप लामिछाने इमर्जिङ खेलाडीको मनोनयनमा

काठमाडौं । सन्दीप लामिछाने (आइपिएल)को इमर्जिङ खेलाडीको मनोनयनमा परेका छन् ।  इन्डियन प्रिमियर लिग (आइपिएल)मा हरेक वर्ष उत्कृष्ट युवा खेलाडी इमर्जिङ खेलाडी अवार्डबाट सम्मानित हुन्छन् ।

अहिले भारतमा चलिरहेको १२औँ आइपिएलको इमर्जिङ खेलाडीमा नेपालका लेगस्पिनर सन्दीप लामिछाने  मनोनयनमा परेका हुन् । दिल्ली क्यापिटलमा आबद्ध सन्दीप दोस्रो सिजनमै सो अवार्डको मनोनयनमा पर्न सफल भएका छन् । 

पछिल्ला दुई खेलमा सन्दीपले पहिलो ११ मा स्थान बनाउन सकेका छैनन् । तर, दिल्लीले खेलेका सुरुवाती ४ खेलमा सन्दीपले आफ्नो स्थान पक्का गरेका थिए ।सन्दीपले ४ खेलमा ५ विकेट लिएका छन् । 

सन्दीपसँगै इमर्जिङ खेलाडीको अवार्ड मनोनयनमा रोयल च्यालेन्जर्स बेंग्लोरका मोहमद सिजान, मुम्बई इन्डियन्सका राहुल चाहल, राजस्थानका ज्राफ तथा श्रेयस गोपाल छन् । आइपिएलको आधिकारिक वेबसाइटमा पाँचै खेलाडी फोटो अंकित पेज बनाइएको छ । सर्वाधिक मत पाउने खेलाडी पुरस्कृत हुनेछन् ।

प्रतिक्रिया दिनुहोस