ओमानलाई १५० रनले हराउँदै नेपाल विजयी

सफल खबर संवाददाता

मंगलबार, ०३ बैशाख २०७६, १४ : ५३
ओमानलाई १५० रनले हराउँदै नेपाल विजयी

काठमाडौँ । मलेसियामा जारी आइसिसी १९ वर्षमुनि (यू–१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट प्रतियोगिताअन्तर्गत आज भएको चौथो खेलमा नेपालले  ओमानलाई पराजित गरेको छ । सेलंगोर टर्फ क्लबमा भएको खेलमा ओमानलाई १५० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

२ सय ३० रनको विजयी लक्ष्य पछ्याएको ओमान ४४.१ ओभरमा अल आउट हुँदै ७९ रनमा समेटियो । ओमानका लागि दुई जना खेलाडीले मात्रै दोहोरो अंकको स्कोर छुन सके । अमानप्रित सिराहले १३ रन बनाए भने जिल तन्नाले १३ रन बनाए । नेपाली बलरको कसिलो बलिङ सामु ओमानका ९ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न नसकि पेभिलिएन फर्के । नेपालका लागि पवन सर्राफले ३, सूर्य तामाङ र प्रतिश जीसीले ले २र२, कमल सिंह, भीम सार्की र कुशल मल्लले एकरएक विकेट लिएका छन् । 

यस अघि कप्तान रोहित पौडेलले ८१ बलमा ७५ रन जोडेपछि नेपालले ओमानलाई २३० रनको लक्ष्य दिएको थियो । नेपाली टोलीले ४३।२ ओभरमा अलआउट हुँदै २२९ रन बनाएको हो । 

प्रतिक्रिया दिनुहोस