छिट्टै नआउने भो एसइईको परीक्षाफल !

पत्रपत्रिकाबाट

विहीबार, २८ चैत्र २०७५, ०७ : ३७
छिट्टै नआउने भो एसइईको परीक्षाफल !

काठमाडौं । यो वर्षको एसईई परीक्षाको परीक्षाफल ढिलो हुने सम्भावना भएको छ । कर्मचारीको अभावामा परीक्षाफल प्रकाशित हुन ढिलो हुने भएको हो ।

२६ जिल्लाका शिक्षा समन्वय समिति प्रमुखको संघ र प्रदेशमा समायोजन भएकोले ती जिल्लामा कस्ले उत्तरपुस्तिका बुझ्ने भन्ने विषयान टुङ्गै लागेको छैन ।

२६ जिल्लाका शिक्षा प्रमुख अभाव हुने भएपछि परीक्षाफल प्रकाशित गर्न समस्या हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले कर्मचारी नभएकाले कतिपय जिल्लामा उत्तर पुस्तिका बुझ्नै समस्या भएको जानकारी दिए ।

उनले भने–कर्मचारीको चरम अभाव देखिएको छ, कसरी समयमै परीक्षाफल प्रकाशित गर्ने ? यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस