७५ प्रतिशत डाक्टर सेवा प्रवेशका लागि योग्य ठहरिएनन्

पत्रपत्रिकाबाट

विहीबार, २८ चैत्र २०७५, ०७ : ३४
७५ प्रतिशत डाक्टर सेवा प्रवेशका लागि योग्य ठहरिएनन्

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सा अभ्यासको अनुमति दिन एमबीबीएस उत्तीर्ण डाक्टरका लागि सञ्चालन गरेको परीक्षामा ७५ प्रतिशत डाक्टर फेल भएका छन् ।

शनिबार भएको परीक्षामा ११ सय २३ डाक्टर सहभागी भएकामा २ सय ८८ जनाले मात्र सेवा प्रवेशको अनुमति पाए । ८ सय ३५ जना फेल भएका छन् । 

काउन्सिलले बीडीएस उत्र्तीणका लागि शनिबारै लिएको लाइसेन्स परीक्षामा ६५ प्रतिशत फेल भएका छन् । परीक्षामा सहभागी ४ सय ५ जना दन्त चिकित्सकमध्ये २ सय ६३ जना सेवा प्रवेशका लागि योग्य ठहरिएनन् । यो समाचार आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस